Logo
७ बैशाख २०८१, शुक्रबार
(August 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पिसाबलाई शुद्धिकरण गरेर पिउन लायक पानी बनाउने मेसिन तयार !

drinkingwaterfromurine

एजेन्सी ।  वैज्ञानिकहरुले यस्तो मेसिन बनाएकाछन् जसले मानिसको पिसाबलाई शुद्धिकरण गरेर पिउन लायक पानी बनाइदिन्छ । यो मेसिन सोलारपावरबाट चल्नेछ र विजुली नभएको ठाउँमा पनि काम गर्नेछ ।

यो मेसिनको एउटा ट्यांकीमा पिसाब जम्मा हुन्छ जसलाई सौर्यउर्जाबाट चल्ने ब्वाइलरमा उमालिन्छ । उमालिएको पिसाब एउटा विशेष झिल्लीमा छानिन्छ र पिसाबबाट पोटासियम, नाइट्रोजन र फोस्फोरस जस्ता तत्व निकालिन्छ ।

साँच्चीकै पानीको अभाव भएको ठाउँमा यात्रा गर्दा यो मेसिन निकै उपयोगी हुनेछ । बेल्जियमको घेन्ट विश्वविद्यालयका शोधकर्ता सेबास्टियन डेरेसेका अनुसार यो मेसिनमा एक विशेष झिल्ली रेको छ जसले सरल प्रक्रियाबाट पिसाबलाई शुद्धिकरण गरी पिउन लायक पानी बनाइदिन्छ ।

यसले निकै कममात्र उर्जा खपत गर्दछ । वैज्ञानिकहरुले उक्त विश्वविद्यालयमा आयोजित एक महोत्सवका क्रममा संकलन गरेको पिसाबबाट १० हजार लिटर पिउने पानी तयार गरे । अब उक्त पानीको प्रयोग बियर बनाउन गरिनेछ ।

शोधकर्ताका अनुसार यो मेसिनलाई खेल रंगशाला तथा विमानस्थलहरुमा राख्न सकिएमा निकै फाइदाजनक हुनेछ । साथै सुख्खाग्रस्त तथा सफा पानीको अभाव रहेका विकाशशील देशहरुमा पनि यो मेसिन निकै उपयोगी हुने बताइएको छ ।

प्रकाशित मिति: Aug 1, 2016

प्रतिक्रिया दिनुहोस्