Logo
१३ बैशाख २०८१, बिहीबार
(August 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउन १९ गते बुधबार संसदमा प्रधानमन्त्री निर्वाचन

CA_BICC News

काठमाडौं । नयाँ प्रधानमन्त्री चयनका लागि पर्सी बुधबार संसदमा निर्वाचन हुने भएको छ । संसदको सोमबारको बैठकमा सभामुख ओनसरी घर्तीले बुधबार बिहान ११ बजे प्रधानमन्त्री चयनका लागि चुनाव हुने जानकारी दिइन् ।

उनले निर्वाचन कार्यक्रम सार्वजनिक संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएकी छन् । सत्तासाझेदार माओवादीले समर्थन फिर्ता लिंदै कांग्रेससँग मिलेर संसदमा अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ९ गते राजीनामा दिएका थिए ।

कांग्रेस–माओवादी गठबन्धनको स्पष्ट बहुमत रहेकाले उक्त गठबन्धनका उम्मेदवार पुष्पकमल दाहाल प्रधानमन्त्री हुने निश्चितप्राय: छ ।

यसैबीच,  व्यवस्थापिका संसदको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । पूर्व सांसद हरिबहादुर खेवाको निधनमा शोक प्रस्ताव पारित गरेर संसद बैठक आधा घण्टाको लागि स्थगित भएको हो ।

खेवाको शनिबार सडक दुर्घटनामा परेर मृत्यु भएको थियो । अब बस्ने बैठकलमा सभामुख ओनसरी घर्तीले नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउने छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधनमन्त्री चयनका लागि बहुमतिय प्रक्रिया अघि बढाउन आह्वान गरिसकेकी छन् ।

प्रकाशित मिति: Aug 1, 2016

प्रतिक्रिया दिनुहोस्