Logo
१३ बैशाख २०८१, बिहीबार
(August 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवको निर्वाचन क्षेत्र सुनसरीमा राजेन्द्र महतोको जय–जयकार !

Rajendra In Badhi  (6)

सुनसरी । सघिय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र अर्थात सुनसरी ५ स्थित बिभिन्न ग्रामिण क्षेत्रमा यतिबेला सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको जयजयकार हुन थालिएको छ ।

बिभिन्न राहत सामाग्री सहित बाढी ग्रस्त क्षेत्रमा महतो पुगेपछि उनको जयजयकार हुन थालिएको हो । सुनसरीको रामनगर भुटाहा, नरसिंह, बसन्तपुर लगायतका ग्रामिण क्षेत्रमा महतो पुग्दा उनको सर्मथनमा स्थानियले नारावाजी नै गरेका थिए ।

त्यसो त आन्दोलनताका बेला मधेशी समुदाय माझ नायक तर पहाडी समुदायमाझ खलनायकका उपमा पाएका सदभावना पार्टी अध्यक्ष महतोको जनता प्रेमी कार्य नै आफैमा जयजयकार भएको सुनसरीका सदभावना नेता महिचन साहले बताए ।

उनले भने मधेश आन्दोलनका बेला पहाडीहरुले जती गाली गरेपनि मधेशमा उनी हिरो नै थिए अहिले पनि हिरो नै सावित भएका छन । महतो बिभिन्न राहत सामग्री सहित मोरङ्ग, सुनसरी, सप्तरी लगायतका जिल्लामा बाढीग्रस्त क्षेत्रहरुमा गई जनतालाई राहत बाडदै दुखदर्द बुझने गरेका छन ।

हेर्नुस, बिभिन्न तस्विरहरुः

13882518_945594412232910_2677619368097086103_n

Rajendra In Badhi  (1)

Rajendra In Badhi  (3)

Rajendra In Badhi  (2)

प्रकाशित मिति: Aug 1, 2016

प्रतिक्रिया दिनुहोस्