Logo
६ बैशाख २०८१, बिहीबार
(August 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीके राउतका कार्यकर्तालाई राहत संकलनमा प्रहरीबाट अवरोध

Rupandehi_CK

रुपन्देही १७ साउन । डा.सीके राउतका कार्यकर्ताहरुले बाढी पीडितका लागि राहत संकलन गर्दा प्रहरीबाट अवरोध गरिएको छ । लुम्बिनीको कालिदहमा राहत संकलन गरिरहेका डा.राउतका कार्यकर्ताहरुलाई प्रहरीले हस्तक्षेप गरी राहत संकलनमा रोक लगाएको छ ।

आइतबार राहत संकलन गरिरहेका डा.राउतका कार्यकर्ताहरुलाई रोक्ने प्रयास प्रहरीले गरेपछि स्थानीयबासीहरुले प्रहरीलाई धपाएको स्वतन्त्र मधेश गठबन्धन रुपन्देहीका संयोजक भुपेन्द्र यादवले  बताए ।

यादवका अनुसार प्रहरीले अवरोध गरे पनि राहत संकलन कार्य जारी छ । स्थानीयवासीहरुको सहयोगले प्रहरीलाई धपाइएको बताउँदै यादवले बाढी पीडितका लागि संगठनले सक्दो राहत संकलन गरिरहेको बताए ।

यादवले अरुलाई राहत संकलन गर्न दिने तथा डा.राउतका कार्यकर्तालाई मात्र रोक लगाउनु अनुपयुक्त भएको बताए भन्दै  हुलाकी न्यूजमा समाचार छ ।

प्रकाशित मिति: Aug 1, 2016

प्रतिक्रिया दिनुहोस्