Logo
११ बैशाख २०८१, मंगलबार
(August 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तत: बहुमतीय सरकारका लागि राष्ट्रपतिको आह्वानसहित संसदलाई पत्र

CA_BICC News

काठमाडौं  १७ साउन । राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढाउन आह्वान गरेकी छन् । यसअघि दिइएको सात दिनको समयसीमा भित्र दलहरुबीच सहमति नजुटेकाले बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न राष्ट्रपति भण्डारीले आह्वान गरेकी हुन् ।

अब संसद सचिवालयले निर्वाचन प्रक्रियाको कार्यतालिका तयार पार्ने र आजै बस्ने संसद बैठकमा पेश गर्ने छ । संसद बैठक अपरान्ह तीन बजे बोलाइएको छ ।

राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा सोमबार प्राप्त पत्रमा संविधानको धारा २५८ को ३ अनुसार बहुमतीय प्रक्रियाबाट नयाँ सरकार गठन गर्न आग्रह गरिएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्मा ले जानकारी दिए ।

यसअघि सहमतिका आधारमा नयाँ सरकार गठन गर्न राष्ट्रपति भण्डारीले राजनीतिक दलहरुलाई एक साताको समय दिएकी थिइन् । एक साताको समय आइतबार सकिएको थियो ।

प्रकाशित मिति: Aug 1, 2016

प्रतिक्रिया दिनुहोस्