Logo
१३ बैशाख २०८१, बिहीबार
(July 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालसँग खेल्ने तयारीमा रहेको नेदरल्याण्ड्स अफगानसँग हार्‍यो

Afghanistan

काठमाडौं १६ साउन । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपालसँग खेल्ने तयारीमा रहेको नेदरल्याण्ड्सले आइसीसी इन्टरकन्टिनेन्टल कपमा अफगानिस्तानसँग १ इनिङ र ३६ रनको पराजय ब्यहोरेको छ ।

नेदरल्याण्डलाई ४० ओभरभित्रै अलआउट गर्ने क्रममा यामिन अहमद्जाइले ५ र द्वालात जर्दानले ४ विकेट लिए । क्रमसः १०.४ र ११ ओभर बलिङ गरेका यी दुईले समग्रमा ६१ रन लिएर ९ विकेट लिए । अफगानिस्तानको लागि अर्को विकेट मिरवाइस असरफले लिएका थिए ।

नेदरल्याण्ड्सको भोरबर्गस्थित स्पोर्टसपार्कमा भएको खेलमा अफगानिस्तानले दोस्रो दिनमै जित हासिल गर्न सफल भयो । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले पहिलो इनिङमा ११७ रनमात्र जोड्न सक्यो । उसका लागि पिटर सीलारले अविजित ३८ र मिचेल रिब्बोनले २४ रन बनाउनुबाहेक अन्यले उल्लेख प्रदर्शन गर्न सकेनन् ।

पहिलो इनिङमा जवाफी रुपमा अफगानिस्तानले ३१२ रन बनायो । उसका लागि हसमतुल्लाह साहिदीले सर्बाधिक ८३ रन बनाउँदा रहमत शाह ५१ र नासिर जमलले ४३ रन बनाए । त्यस्तै मिरविस असरफले ४२ रन बनाए । नेदरल्याण्डका लागि बलिङतर्फ मिचेल रिप्पोनले ५ विकेट लिए ।

पहिलो इनिङमै १९५ रनले पछि परेको नेदरल्याण्ड्ले दोस्रो दिन १५९ रनमात्र बनाउन सकेपछि अफगानिस्तानले १ इनिङ र ३६ रनको शानदार जित हासिल गर्न सफल भयो ।

जितसँगै अफगानिस्तान इन्टरकन्टिनेन्टल कपको शीर्ष स्थानमा छ । उसले ४ खेलमा ६१ अंक जोडेको छ । यता नेदरल्याण्ड्सले भने खाता खोल्न सकेको छैन ।

प्रकाशित मिति: Jul 31, 2016

प्रतिक्रिया दिनुहोस्