Logo
८ बैशाख २०८१, शनिबार
(July 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीलंकाका तीन मन्त्री सहीतको टोली प्राचिन कपिलवस्तुमा

srilanka

कपिलवस्तु । श्रीलंककाका तीन मन्त्री सहीतको टोलीले आईतवार बिहान प्राचिन कपिलवस्तु स्थित बुद्ध स्थल निग्राधराम कुदानको अवलोकन गरेको छ ।

उनीहरुले कुदानको ऐतिहासिक पृष्ठभुमि, उत्खननबाट प्राप्तका प्रमण एवं उपलब्धी लगाएका बिषयमा जानकारी गराईएको थियो । कुदानबाट फर्केर तिलौराकोट जानेक्रममा श्रीलंकका ३ वटै मन्त्रीले बुद्ध स्थल कुदान आउन पाएकोमा आफुहरु भाग्यमानी भएको भन्दै खुशी ब्यक्त गरेका थिए ।

महिला तथा बालबालिका मन्त्री चन्द्रानी बन्दारा, उद्योग मन्त्री सारथे कासामन्ते, वातवरण मन्त्री क्युनरा नायरत्ने सहीतको टोलीले कुदानमा आएको थियो । बुद्धको जन्मलो लुम्बिनीको भ्रमण गरी मन्त्री सहीतको १७ सदस्यीय टोली कुदान आएको हो। टोलीले कुदानमा रहेको स्तुपाको भ्रमणकाक्रममा पूजापाठ र कामना समेत गरेका थिए ।

उनीहरुको बुद्धको क्रडास्थल तिलौराकोट जाने कार्यक्रम भए पनि एक घण्टा भन्दा बढी समय बस हिलोमा फसे पछि तिलौराकोट जाने कार्यक्रम रद्द गरको थिए । प्रहरीले स्थानीय बसको प्रबन्ध गरी भ्रमणकारी टोलीलाई उनीहरको आग्रह अनुसार भैरहवा बिमानस्थल पुर्याएको थियो ।

बिश्व शान्तिका अग्रदुत बुद्ध स्थलमा पाईला टोक्न पाउनु नै ठूलो कुरा भएको भन्दै उनीहरुले बुद्धस्थलहरुको योजनाबद्ध ढंगबाट विकास गर्नु पर्ने सुझाव दिए। बुद्ध स्थलको विकासकालागि श्रीलंका सरकारले निरन्तर सहयोग गर्ने उनीहरुले प्रतिबद्धा समेत ब्यक्त गरेका छन् ।

प्रकाशित मिति: Jul 31, 2016

प्रतिक्रिया दिनुहोस्