Logo
६ बैशाख २०८१, बिहीबार
(July 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘गर्व सँ कहु मधेशी छि, विदेशी भगौडा नई धरती पुत्र छि’ भन्दै प्रदर्शन

KTM madheshi

काठमाडौं १५ साउन । सप्तरी जिल्लाको सिमावर्ती क्षेत्रमा खाडो नदीको बाधका विषयमा भएको विवादको विरोधमा नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा गैरमधेशी विद्यार्थीहरुले भारतको विरोधमा चर्को नारावाजी गरेपनि मधेशी विद्यार्थीहरु नरम थिए । प्रदर्शनमा सहभागी अधिकांश मधेशी विद्यार्थीले बाँधका विषयमा भएको असमझदारी एक आपसमा बसी समाधान गर्नु पर्ने बताए ।

बाँधका विषयमा छिमेकी गाउँ गाउँमा विवाद हुने गरेको र त्यस विवादलाई भ्रामक बनाउन नहुने उनीहरुको तर्क थियो । प्रदर्शनमा सहभागीहरुले ‘गर्व सँ कहु मधेशी छि, विदेशी भगौडा नई धरती पुत्र छि’ लेखिएको व्यानर बोकेका थिए ।

प्रकाशित मिति: Jul 30, 2016

प्रतिक्रिया दिनुहोस्