Logo
११ बैशाख २०८१, मंगलबार
(July 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हो, हामी पागल हौं ! भन्दै डा. गोविन्द केसी भिड सहित सडकमा

DR Kc

काठमाडौं, १५ साउन । हो ! हामी पागल हौं ! को ब्यानरमा आज डा. गोविन्द केसी सडकमा भिड सहित देखिए । १६ दिने लामो अनसन तोडेको पाँचौं दिनमै केसी सडकमा उत्रिएका हुन् ।

अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनका लागि सांसदहरुलाई आग्रह गर्दै भने,‘कि लोकतन्त्र रोज्नुहोस् भन्दै कार्कीलाई महाभियोग लगाएर विधिको शासन प्रत्याभूति गर्न आग्रह गरेका छन् ।

शनिबार समर्थकहरुले निकालेको ‘वाक विथ डा. केसी’ नामक पदयात्रामा सहभागी डा. केसी भने,‘एउटा निर्णय छिट्टै गर्नुहोस्, कि त लोकतन्त्रलाई बलियो बनाउनुहोस ? कि त लोकमानलाई हटाउनुहोस ? तपाईहरुसँग दुई वटा विकल्प छन्, एउटा रोज्नुहोस् ।’

माइतीघर मण्डलाबाट सुरु भएको पदयात्रा बानेश्वर पुगेर कोणसभामा परिणाम भएको थियो । उनले आफू स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि लडिरहेको भन्दै साथ दिनेहरुलाई धन्यवाद दिएका छन् ।

Dr Kc BHid

देश लोकमानतन्त्रमा चलेको छ 
अख्तियार विरुद्ध आफ्ना समर्थकहरुसँगै सडकमा उत्रिएका डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तानाशाही भएको बताएका छन् ।

‘वाक विथ डा. केसी’ नाम दिइएको उक्त कार्यक्रममा पछिल्लो कार्यक्रममाभन्दा जनसहभागिता केही कम देखिएको थियो । सिमसिम पानीमा एभरेष्ट होटल अगाडिको सडकमा डा. केसीले समर्थकसँगै पलेँटी कसेर बसेका थिए ।

आठौंपटक १५ दिनसम्म अनसन बसेर सरकारसँग सम्झौता गरेपछि पहिलोपटक सडक संघर्षमा सहभागी भएका उनले संसद भवन, नयाँ बानेश्वर अगाडी धर्ना दिन पुगेका आफ्ना समर्थकहरु माझ बोल्दै सांसदहरु लोकमानसँग डराइरहेको बताए ।

प्रकाशित मिति: Jul 30, 2016

प्रतिक्रिया दिनुहोस्