Logo
११ बैशाख २०८१, मंगलबार
(July 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा पाँच दिनसम्म श्रीमती निर्वस्त्र हुनुपर्ने परम्परा !

Shrimit

एजेन्सी  । भारतको हिमांचल प्रदेशको मणिकर्ण घाटीको पीणी नामक एक गाउँमा अचम्मको एक परम्परा छ । एक हिन्दी वेबसाइटका अनुसार यो गाउँमा पाँच दिनसम्म श्रीमती निर्वस्त्र बस्ने गर्दछिन् ।

यो पाँच दिनमा श्रीमान श्रीमती एक अर्कासँग कुरा र ठट्टासमेत गर्न पाउँदैनन् । ५ दिनको समयमा गाउँका कुनै पनि पुरुष रक्सी पिउन सक्दैनन् । वर्षौंदेखि चलिआएको यो परम्परालाई मानिसहरुले आज पनि इमान्दारीतापूर्वक पालना गर्दछन् ।

साउन महिनाको यी पाँच दिनमा श्रीमान्–श्रीमती एक अर्काबाट टाढा रहनुपर्ने हुन्छ । यदि कसैले यो संस्कारलाई उल्लंघन गरेमा केही अनिष्ट हुनेसमेत बताइन्छ । यी पाँच दिनमा महिला लुगाको सट्टा ऊनले बनाइएको एक कपडा ओढ्ने गर्दछन् ।

प्रकाशित मिति: Jul 29, 2016

प्रतिक्रिया दिनुहोस्