Logo
२३ श्रावण २०७९, सोमबार
(July 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्युठानका झन्डै ३०० परिवार बाढी र पहिरोबाट  विस्थापित

Pahad ma badhi

प्यूठान । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका आन्तरिक सडक अवरुद्ध हुँदा जिल्लाभरका बाढी पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ देखिएको छ ।  जिल्लास्तरबाट तत्कालका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले चिउरा, चाउचाउ, दालमोठजस्ता अत्यावश्यक वस्तु पु¥याए पनि अन्य खाद्यान्न र लत्ताकपडा पु¥याउन समस्या देखिएको हो ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले सबैभन्दा धेरै प्रभावित क्षेत्र फोप्ली गाविसमा राहत पु¥याउनका लागि नेपाली सेनाको सहयोग लिए पनि झन्डै पाँच घन्टासम्म पैदल हिँड्नुपर्ने भएपछि समयमै राहत पु¥याउनका लागि कठिनाइ भएको हो ।  लगातार तीन दिनसम्मको वर्षाका कारण ३८ जनाको मृत्यु भएको प्यूठानमा अहिलेसम्म झन्डै ३०० घरपरिवार विस्थापित भएका छन् ।

राहत सामग्री ढुवानी गर्नका लागि फोप्ली गाविसमा नेपाली सेना र नेपाल प्रहरीले हेलिप्याड निर्माण गरे पनि केन्द्रबाट हेलिकप्टर नपठाउँदा राहत सामग्री पु¥याउन समस्या भएको छ । राहत सामग्री ढुवानी गर्नका लागि हेलिकप्टर माग भए पनि हालसम्म आउन नसकेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठोरले बताए ।

“तत्कालको राहत सामग्रीका लागि नेपाली सेना र नेपाल प्रहरीले ढुवानी कार्य गरिरहेका छन् ।” प्रनाउ राठोरले भने –“जिल्लास्तरमा राहत सामग्रीसँगै हेलिकप्टरको आवश्यकता देखिएको छ ।”

पहिरोमा परी मृत्यु भएकाका आफन्त र विस्थापितका लागि राहत सामग्रीसहित खानेपानी, स्वास्थ्य तथा बसोबासको समस्या देखिएको फोप्लीका स्थानीयवासी तथा राहत कार्यमा खटिनुभएका नेपाली काँग्रेस प्यूठानका कोषाध्यक्ष धनेश्वर भण्डारीले बताए ।

हालसम्म फोप्लीको ३, ४ र ५ नं वडामा मात्रै २४ जनाको मृत्यु भएको छ । त्यस्तै यहाँ अझै दुई जना बेपत्ता रहेका छन् भने जिल्लाका विभिन्न स्थानमा अझै पनि छ जना बेपत्ता रहेको भन्दै प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उनीहरुको खोजीसँगै उद्धार र राहतलाई प्राथमिकता दिइएको बताए।

लगातारको वर्षासँगै आएको बाढी पहिरोमा परी उच्च जोखिममा रहेका रजवारा, खुङ, पूजा, खवाङ, फोप्ली, लुङ र भिगृमा स्थानीयवासी विस्थापित भएका छन् । जिल्लामा सबैभन्दा धेरै फोप्ली गाविसको ३, ४, ५, ६ र ९ नं वडामा मात्रै १४६ घरपरिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरु विद्यालय, गोठ तथा आफन्तको आश्रय लिएर बसेका छन् ।

जिल्लामा बाढी पहिरो गएका अधिकांश ठाउँ उच्च जोखिममा रहेका छन् । पहिरो गएका ठाउँमा पानीका मुहान फुटेसँगै गाउँका बस्ती उच्च जोखिममा रहेका छन् । भूकम्पसँगै लगातारको वर्षाका कारण जमिनमा चट्टान र माटो बीचमा ठूलो कम्पन आएकाले ठाउँहरु उच्च जोखिममा रहेका छन् ।

लगातारको बाढी र पहिरोका कारण जिल्लाभरमा हालसम्म अझै छ जना बेपत्ता रहेका छन् । उनीहरु तीन दिन बितिसक्दा पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रकाशित मिति: Jul 29, 2016

प्रतिक्रिया दिनुहोस्