Logo
४ बैशाख २०८१, मंगलबार
(July 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Pahiro

चितवन  । चितवनको कालिखोलामा आज बिहान झरेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि नारायणगढदेखि काठमाडौं जाने तथा काठमाडौँ, पोखरालगायत क्षेत्रबाट नारायणगढ आउने यातायातका साधन बाटोमै रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने कालिखोलामा बिहान ६ बजे पहिरो खसेपछि सवारी आवागमन दुईतर्फी नै बन्द हुन पुगेको हो ।

पानी पर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ। पहिरो हटाउन मुग्लिन र भरतपुरतर्फबाट डोजर र स्काइभेटर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Jul 29, 2016

प्रतिक्रिया दिनुहोस्