Logo
१३ बैशाख २०८१, बिहीबार
(July 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मधेशी सहित असन्तुष्ट पक्षको माग सम्बोधन गरिन्छ’

Prachand-at-Perisdada
काठमाडौँ, १४ साउन । संभावित प्रधानमन्त्री समेत भनिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकारको प्रमुख कार्यभार मधेस, थारु, आदिवासी जनजातिको मुद्दा सम्बोधन गर्दै संविधानको कार्यान्वयन गर्नु रहेको बताएका छन ।

भूकम्पपछिको पुनःनिर्माण अभियानको नेतृत्व गर्ने र विगतका सरकारका राम्रा पक्षलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने जिम्मेवारी इतिहासले सुम्पन लागेको उनको भनाइ रहेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को राष्ट्रिय भेलालाई बिहीबार यहाँ सम्बोधन गर्दै उनले राष्ट्रिय एकतालाई बलियो बनाउन आन्तरिक एकतालाई बल बनाउनुपर्ने भएकाले संविधान निर्माण प्रक्रियाबाटै असहमति राख्दै आएका दल तथा समूहलाई विश्वासमा लिएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका थिए ।

उनले संविधानसभाबाट जारी भएको संविधानको सहज कार्यान्वयनका लागि सबै दल तथा पक्षलाई विश्वासमा लिएर काम गर्नुपर्नेमा जोड दिँदै जनतालाई विश्वासमा लिएर अगाडि जान कोही कसैले पनि कन्जुस्याइँ गर्न नहुने बताए ।

नेपाल र विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ लहर पैदा गर्नका लागि नयाँ कम्युनिस्ट घोषणापत्रको जरुरी भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालको कम्युनिस्ट आन्दोलनमा विचलन आएकाले पनि नयाँ विचार र राजनीति आवश्यक भएको उल्लेख गरे ।

प्रकाशित मिति: Jul 29, 2016

प्रतिक्रिया दिनुहोस्