Logo
१२ बैशाख २०८१, बुधबार
(July 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहुमतीयबाट प्रधानमन्त्री चयन हुने, सहमतिको सरकार असम्भव !

CA-Bicc_2nd-Nepal

काठमाडौं, १४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुसार सहमतिको सरकार गठन नहुने भएपछि अनतत बहुमतीयबाट प्रधानमन्त्री चयन हुने भएको छ ।

राष्ट्रपति दिएको समयसीमा भित्र सहमतिको सरकार गठनको सम्भावना देखिएको छैन । सहमतीय सरकार गठनको लागि राष्ट्रपतिले आह्वान गर्नुभएको सातदिने समय पर्सी सकिंदैछ ।

तर, सहमतिय सरकारका लागि एकपटक पनि छलफल भएको छैन । भावी गठबन्धनका प्रमुख दुईदल कांग्रेस र माओवादी बहुमतीय आधारमा प्रधानमन्त्री निर्वाचनका लागि सत्ता गठबन्धनबाट सम्भावित उम्मेदवारको खोजीकार्य सुरु भएको छ ।

विपक्षी गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निश्चित प्रायः भएको अवस्थामा सत्तागठबन्धनले आफ्नो सम्भावित प्रधानमन्त्री उम्मेदवारको खोजी सुरु गरेको हो । एमाले नेतृत्वको गठबन्धनबाट पनि प्रधानमन्त्रीका लागि उम्मेदवार दिने तयारी छ ।

साउन १६ गते सहमतीय आधारमा प्रधानमन्त्री चयनको कोर्स सकिने भएपछि त्यसैदिन साँझसम्म राष्ट्रपति भण्डारीले बहुमतीय आधारमा प्रधानमन्त्री निर्वाचनको अर्को आह्वान गर्नुहुनेछ ।

प्रकाशित मिति: Jul 29, 2016

प्रतिक्रिया दिनुहोस्