Logo
१५ चैत्र २०८०, बिहीबार
(July 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकप्रिय म्यासेजिङ सर्भिस हृवाट्सएपले दियो टेलिकम कम्पनीहरुलाई तनाव

Whatsapp-for-PC

विविसी हिन्दी । हरेक महिना हृवाट्सएप १०० करोडभन्दा बढी मानिसले प्रयोग गर्ने गर्छन् । संसारमा सबैभन्दा बढी मन पराइएको म्यासेजिङ सर्भिस हृवाट्सएप, टेलिकम कम्पनीहरुका लागि भने मूख्य रुपमा टाउको दुखाइ बन्न थालेको छ ।

सबै उमेरका मानिसहरुले मन पराएको यो एपले यसै कारणले संसारमा निक्कै प्रसिद्धी कमाइरहेको छ । ५३ भाषामा १०९ मुलुकमा सेवा दिने हृवाट्सएपबाट हरेक दिन औषतमा ४२ सय करोड म्यासेज आदानप्रदान हुन्छ । र यो सङ्ख्या तीव्र गतिमा बढिरहेको छ ।

यसमा करीव १०० करोड हृवाट्सएप समूह पनि छन् । म्यासेजका अवावा हृवाट्सएपबाट प्रतिदिन करीव १६ सय करोड फोटोहरु शेयर गरिएको हुन्छ । २० करोट विस नोट ।

करीव २५ करोड भिडियो म्यासेजपनि हृवाट्सएपबाट हरेक दिन पठाइन्छ । अहिले हरेक दिन करीव १० लाख मानिसले हृवाट्सएप डाउनलोड गरिरहेका छन् ।

हृवाट्सएप प्रयोकर्तामध्ये ७३ प्रतिशतले एन्ड्रोइड फोनमार्फत यसको उपयोग गरिरहेका छन् भने २२ प्रतिशतले एप्पल फोनबाट यसको प्रयोग गरेका छन् ।

पछिल्लो बर्ष सबै कम्पनीका मोबाइलबाट करीव २ हजार करोड एसएमएस पठाइएको थियो । यसको बदलामा हृवाट्सएपबाट करीव ३ हजार करोड म्यासेज एक महिनाको अवधिमा आदनप्रदान भएको छ ।

प्रकाशित मिति: Jul 28, 2016

प्रतिक्रिया दिनुहोस्