Logo
८ बैशाख २०८१, शनिबार
(July 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाडी दुर्घटनामा मन्त्री सहित ७ जनाको मृत्यु

 फाइल फोटो
फाइल फोटो

काठमाण्डौ । धनकुटाको सिधुवा केहीबेर अघि एक यात्रुबाहक बस दुर्घटनामा परी पुर्व मन्त्री सहित ७ जनाको मृत्यु भएको छ । धनकुटाका प्रहरी प्रमुख एसपी विभुतिराज पाण्डको अनुसार प्रहरी टोली अहिले घटनास्थलतर्फ गईरहेको छ । दुर्घटनामा परी माओवादी केन्द्रका नेता तथा पुर्व मन्त्री हरिराज खेवा सहित ९ जनाको मृत्यू भएको हो ।

संखुवासभाको शनिश्चरेबाट धरानतर्फ जाँदै गरेको बा २ ख ७३६६ नम्बरको गाडी धनकुटाको परेवादिन-३ सिधुवाको चर्च मोडबाट १ सय मिटर तल खस्दा पूर्व अर्थ राज्यमन्त्री खेवासहित ७ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य र धनकुटा जिल्ला संयोजक समेत रहेका खेवा धनकुटाको हात्तीखर्क ५ का हुन् ।

फोटो: प्रकाश दाहालको फेसबुकबाट
फोटो: प्रकाश दाहालको फेसबुकबाट

उनी पहिलो संविधानसभाको धनकुटा-२ का निर्वाचित भएका थिए ।  पार्टीको काम सकेर फर्किँदै गर्दा खेवा गाडी दुर्घटनामा परेका नेकपा माओवादी केन्द्र धनकुटाका जिल्ला सचिव ऋषिराम ढुंगानाले जानकारी दिएका छन् । गाडी दुर्घटनाको कारणबारे केही खुल्न सकेको छैन ।

दुर्घटनामा परेवादिन ५ की चीनमाया भट्टराई र खिनमाया भट्टराई, परेवादिन ५ की अतिमाया तामाङ,तारा बस्नेत र उनकी ३ वर्षकी छोरी र धरान २ का बेदप्रकाश अग्रवालको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका अर्क एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार दिउँसो साढे १२ बजे भएको दुर्घटनामा २६ जना घाइते भएका प्रहरीले जनाएको छ। दुर्घटनापछि सुरक्षाकर्मी र स्थानीय वासिन्दाले उद्दार गरेका थिए। गम्भीर घाइतेलाई उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ भने सामन्य घाइतेको धनकुटाका अस्पतालहरुमा उपचार भइरहेको छ।

प्रकाशित मिति: Jul 28, 2016

प्रतिक्रिया दिनुहोस्