Logo
७ बैशाख २०८१, शुक्रबार
(July 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कोशी ब्यारेजमा कुनै थ्रेट छैन, सुरक्षा दिन नेपाल सक्षम छ’

 Kosi Byarej
काठमाडौं  । कोशी ब्यारेजमा कुनै सुरक्षा थ्रेट नभएको परराष्ट्रमन्त्री कमल थापाले बताएका छन् । भारतले नेपाली अधिकारीलाई कोशी ब्यारेजमा आतंकवादी र माओवादीको सुरक्षा थ्रेट रहेको आशयको पत्र पठाएपछि त्यसबारे जवाफ दिँदै थापाले सो कुरा बताएका हुन् ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘कोशी ब्यारेजमा कुनै थ्रेट छैन । खतरा भएपनि सुरक्षा दिन नेपाल सक्षम र तयार छ ।’

उनले यस विषयमा भारतलाई आशंका नगर्न भारतसँग आग्रह समेत गरे ।  भारतीय पक्षले कोशी ब्यारेजमा सुरक्षा थ्रेट रहेको पत्र पठाएपछि यसको निकै ठूलो चर्चा भइरहेको छ ।

प्रकाशित मिति: Jul 27, 2016

प्रतिक्रिया दिनुहोस्