Logo
८ बैशाख २०८१, शनिबार
(July 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढी प्रभावित क्षेत्रमा रोगको प्रकोप, स्वास्थ्यकर्मीको टोली गोबरगाढातर्फ !

Prakop News

सप्तरी । अत्यावश्यक औषधिसहित स्वास्थ्यकर्मीहरुको टोली बुधवार ‘टापु’ गाउँ भनेर चिनिने सप्तरीको गोबरगाढातर्फ प्रस्थान गरेका छन् ।

स्थानीय करिब ३ सय परिवार गोबरगाढामै रहेको तथा उनीहरुका लागि अत्यावश्यक औषधिसमेत नरहेको भनी बिभिन्न संचारमाध्यमहरुमा प्रमुखता साथ समाचार प्रकाशित भएका थिए ।

बाढीले प्रभावित सप्तरीका झण्डै दुई दर्जन मानव बस्तीहरुमा रोगको प्रकोप वढ्न थालेको छ । सर्वसाधारणहरु धमाधम विरामी पर्ने थालेपछि बाढी पीडितहरुको झनै समस्यामा परेका छन् ।

खासगरी महिला, बालबालिका र वृद्धवृद्धाहरु धमाधम बिरामी हुन थालेको बाढी प्रभावित क्षेत्रमा अवस्थित स्थानीय स्वास्थ्य संस्थाहरुले जनाएका छन् ।

डुवानका त्रासबीच टापुमा फसिरहेका गोबरगाढाबासीलाई औषधिसमेत लिएर जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीसहितको टोली त्यसतर्फ पठाएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार आवश्यक औषधिसहित ३ जना स्वास्थ्यकर्मीको टोली गोबरगाढातर्फ पठाइएको हो ।

गोबरगाढास्थित स्वास्थ्य चौकीमा पछिल्लो दुई महिनादेखि स्वास्थ्यकर्मी नआएको तथा औषधिसमेत नरहेको स्थानियहरुको भनाई छ ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले गोवरगाढा स्वास्थ्य चौकीका प्रमुख नरेन्द्रप्रसाद सिंहसहित ३ जना हेल्थ असिटेन्टहरुलाई गोबरगाढा पठाइएको जानकारी गराए ।

प्रकाशित मिति: Jul 27, 2016

प्रतिक्रिया दिनुहोस्