Logo
६ बैशाख २०८१, बिहीबार
(July 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेताका घर धाउनेहरुलाई अवसर दिइएको भन्दै आङकाजीको राजीनामा

आङकाजी शेर्पाको फाइल तस्विर
फाइल तस्विर: आङकाजी शेर्पा

काठमाडौं ११ साउन । नेता आङकाजी शेर्पाले संघीय समाजवादी फोरम नेपाल परित्याग गरेका छन् । उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र लेखेका छन् र पत्रमा पार्टी केन्द्रीय सदस्य, नेफोसो केन्द्रीय सम्पर्क समितिको इन्चार्ज र क्रियाशील सदस्यबाट राजीनामा दिएको उल्लेख छ ।

पार्टीद्वारा परिभाषित जिम्मेवारी बहनभन्दा व्यक्तिगत स्वार्थ दोहन गर्ने र पहिचानको आन्दोलनमा अहोरात्र लाग्नेलाई भन्दा ठूलाठूला नेताका घरघरमा धाउनेहरुलाई बढी अवसर दिइएको र समावेशी प्रतिनिधित्वमा नातावाद र नश्लवाद हावी भएकाले पार्टी परित्याग गरेको शेर्पाले बताएका छन् । शेर्पाले वर्गीय उत्पीडनमा परेकाहरुको मुक्तीका लागि शरीरमा एक थोपा रगत र एक मुठी सास रहेसम्म संघर्ष गरिरहने बताएका छन् ।

प्रकाशित मिति: Jul 26, 2016

प्रतिक्रिया दिनुहोस्