Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनता हितमा कार्य भएन भने बलुवाटारबाट फेरी अल्पआयूमै निस्किनुपर्ला !

Samjhana

सम्झना पौडेल,
नौ महिनामै अचानक राजिनमा दिनै लाग्दा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रभूहरुसग झुक्किन्न भनेका थिए आब फेरी उनै दाहाल प्रधानमन्त्री बन्दै छन । त्यसो त कमचलाउ प्रधानमन्त्री ओली जितेर गए या हारेर गए त्यो उनलाइनै थाहा होला ।

तर संसद भवनभित्र नकचरो हासो त्यो हासो हास्नेलाई के मज्जा नहास्नेलाइ के मज्जा अनि जनतालाइ के मज्जा ? राजनीति को आधार आदर्श र निष्ठा को लागी देस र जनता को लागी , सरकारी सेवा गर्ने तलब लीएर जनताको सेवा र सुविधा को लागी , संघ संस्था को काम गर्ने आधार नेपाली समाज को सेवा भाव गर्ने को लागी हो । जून कुनै पद जिम्मेवार हुन हो,काम गर्न हो, सेवा गर्न हो,लचिलो हून हो । पूर्व प्रधानमन्त्री केपी ओली मात्र होईन अधिकास एमाले नेताहरुले ससदमा बोल्दा एक माघले जाडो जादैन भने के हेक्का राख्नुस भने सम्बन्धित सबैले धेरै माघहरु माओबादीले एमाले बिना कटाएको छ ।

एक माघ काङ्रेसको समर्थनमा त्यै पनि बाध्य भएर कटाउन खोज्दा यत्रो घुर्क्याइ र रुवाबासी, माओबादी बिनाको सत्ता पनि सजिलो छैन सबैले बुझ्दा हुन्छ ओिलीको डिप्लोमेसी काइदाको लाग्यो । आखिर अल्पमतमा जानी जानी पारेसी किन हतारमा आत्महत्या शैलीको राजिनामा गर्ने । सम्भवत नेपाली प्रधानमन्त्रिहरुमा यत्तिको चर्चा र लोकप्रियता कुनै गणतान्त्रिक प्रधानमन्त्रीले पाएका थिएनन् र जसरि ओलीको पक्षमा सामाजिक संजालमा ट्रेन्ड चल्यो र सडकमा सपोर्टर पोखिए त्यी ओलीको उखाने टुक्काहरुले हुन ।

दोहोरो,अस्पष्ट ,असक्षम र अवसरवादी भूमिका खेलनेहरु नेपालको राजनीति,सरकारी सेवा र संघ संस्थाहरूमा बढ़ी प्रतिशतमा सक्रिय हुनाले नेपाली समाज सरकारी निकाय,संघ संस्था र रास्ट्र को विकास मा उल्टो असर मात्र होईन भ्रम सिर्जना भएको छ । यो देशमा ,प्रधानमन्त्रिको राजिनामा सँगै झोली तुम्बा बोकेर हिंड्नु पर्ने ,संसद भङ भयो भन्ने साथ् सम्सद खोसिने ,त्यही भएर पो जाने साथ जनताको काम भन्दा पनि आफ्नो हेर्दा रहेछन,घरको ढलान हाल्न बाँकी हुनेले फेरी मन्त्री बन्न पाईन्छ कि भनेर प्रधान मन्त्री को राजिनामा आऊनु अघि नै साथ छोडेर अर्को पार्टी सँगै टांसिदा रहेछन पहिलो पटक माहोवादी ठुलो पार्टी न सभामुख न राष्ट्रपती न प्रधान मन्त्री एमाले ले पालै पालो प्रधान मन्त्री पाए ।

तेस्रो दल भएर धेरै समय सरकार मा वस्न पाए ।अहीले तेस्तै कांग्रेस ठुलो पार्टी भएर के गर्नु न राष्ट्रपती न सभामुख ११पटक पटक प्रचन्डलाई प्रधान मन्त्री वन्देउ न भन्नु पर्ने फस्ट हुनु वेकार रहेछ ।सायद संसारमै हाम्रो देशको जन्ताहरू होलान अन्धा र बहिरो , जतिसुकै भोकै प्यासै र काठ पुतली बनाएर राखे पनि चुपचाप सहेर बस्छन् । जसको शक्ति त्यसको भक्ति को प्रथा लाई मान्न तैयार छन् जनताहरू , गरून् पनि त कसले रु तर अब धेरै छैनन् दिनहरू यि देश लुटेरा घुस खोरीहरू लाई शबक र तह लगाउनु ।

अब पनि देश बनाउन हामी युवा जाग्ने होइन भने सहि गलत के हो आफू अनि आफन्त लाई बुझाउन सकेनौ भने हामी मा देश प्रेम नभयेको खोक्रो अनि थोत्रो मनुस्री कहलाउने छौ बिचार गरौ । के पी ओली को राजीनामा सङ्गै अरु पार्टी का हरु ले मोटाउने र दुब्लाउने कुरा गरेको गाईगुई सुनिन लागेको छ । अब कस्को नेतृत्व मा सरकार बन्छ चासो को बिषय भएन । तर कार्यकर्ता र आफ्न्त भर्ती गर्ने थलो नबनोस । होसियार राम्रो काम गरेनौ भने जनता ले बलुवा टारबाट थुतेर मिल्काउने छ ।

प्रकाशित मिति: Jul 25, 2016

प्रतिक्रिया दिनुहोस्