Logo
७ बैशाख २०८१, शुक्रबार
(July 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी सचिव र तीन जना बिरामीबाट जुस खाएर केसीले अनसन तोडे

DR KC New

काठमाण्डौ १० साउन । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुरेन्द्रराज उप्रेतीसहित तीन जना बिरामीबाट जुस खाएर डा।गोबिन्द केसीले अनसन तोडेका छन् ।

अनसन तोडाउने सहमती हिजै भएको हो । १६ दिनदेखि आमरण अनसनमा रहेका डा.केसीको अनसन चिकित्सा क्षेत्र सुधारसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमाथि महाअभियोगको माग गर्दै १६ दिनदेखि अनसनमा बसेका थिए ।

मेडिकल शिक्षा क्षेत्रमा भएको विकृति अन्त्य गर्नुपर्ने माग राख्दै आठौं पटक अनशन बसेका डा. केसीले १६ औं दिनमा अनशन तोडेका हुन ।
शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि आएका बिरामी र सचिको हातबाट जुस खांदै केसीले अनशन तोडेका हुन् ।

सरकारी वार्ता टोलीसँग हिजो राति ४ बुँदे सहमति भएपछि केसीले अनशन तोडेको बताए । शिक्षण अस्पताल महाराजञ्जमा उपचारको लागि आएका सिन्धुपाल्चोकका ५ वर्षीय सरोज नेपाली, सिराहाबाट छोराको उपचार गर्न आएकी अनिता यादव र गोरखाका भिक्षु छेवाङ नुर्वु लामाको हातबाट जुस पिउँदै केसीले अनशन तोडेका हुन् ।

तीन जनाले जुस खुवाएपछि पूर्व मुख्यसचिव लिलामणी पौडेल र सरकारी वार्ता टोलीका संयोजक डा। सेनेन्द्रराज उप्रेतीले डा. केसीलाई जुस खुवाएका थिए ।

अनशत अन्त्य गर्दै डा. केसीले संस्थागत माफियातन्त्रविरुद्ध सबै मिलेर लड्नुपर्ने बताए । उनले सरकारसँग भएको सम्झौता पहिलो चरण मात्रै भएको भन्दै अझ सशक्त आन्दोलन गर्ने बताए ।

प्रकाशित मिति: Jul 25, 2016

प्रतिक्रिया दिनुहोस्