Logo
१५ चैत्र २०८०, बिहीबार
(July 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आतंकवादीद्धारा कोशी व्यारेज ध्वस्त पार्ने धम्की, सुरक्षा सर्तकता !

Kosi Byarej

काठमाडौं १० साउन । ५० वर्ष पुरानो कोशी व्यारेज माथि अहिले खतराको बादल मडारि रहेको छ । बर्खाको मौसम भएको कारणले कोशी व्यारेजको जल स्तर निकै उच्च रहेको छ ।

त्यस बाहेक पनि कोशी ब्यारेज अन्तराष्ट्रिय आतंकवादीहरुको निशानामा रहेको सनसनी खेज समाचार बाहिर आएको छ । आतंकवादी संगठनले भारत नेपालको सिमामा रहेको कोशी ब्यारेजलाई ध्वस्त पार्ने धम्की  दिएको खबर छ ।

सुनसरी जिल्लाको जिल्ला प्रशासक (सिडियो) मोहन चापाँगाईको अनुसार कोशी व्यारेजलाई ध्वस्त पार्ने धम्की आएदेखि सुरक्षा प्रशासन निकै सजग छ ।

सुनसरी जिल्ला प्रशासनको साथ साथ नेपाल आर्म फोर्सको एक विशेष टोली कोशी व्यारेजको सुरक्षामा खटाई सकेको उनको भनाई छ । उनले भने, कोशी ब्यारेजबाट आउने जाने सवारी साधन माथि कडा निगरानी र चेकजाँच पनि भई रहेको छ ।

आतंकवादीद्धारा प्राप्त भएको धमकी पछि अहिले कोशी व्यारेज क्षेत्रको सुरक्षा बढाएका छन् । नेपालको पूर्वी नेपाललाई जोड्न एक मात्र स्थलमार्गमा सुनसरी र सप्तरी जिल्लाको बीचमा रहेको सप्तकोशी नदि माथि निर्मित कोशी ब्यारेजलाई आतंकवादी संगठनले ध्वस्त पार्ने धम्की दिएको समाचार भारतको चर्चित टेलिभिजन आज तकको अनलाइन संस्करणमा लेखिएको छ ।

केहि दिन अगाडि पनि भारतका अर्काे चर्चित अनलाइन जागरणले पनि नेपालमा आतंकवादीको अड्डा बन्दै गएको समाचार छापेका थिए ।
कोशी व्यारेजलाई ध्वस्त पार्ने आतंकवादीद्धारा धमकी प्राप्त भएपछि भारत र नेपालका अधिकारीहरुको निद्रा खल्बलिएको छ ।

कोशी ब्यारेजको सुरक्षामा नेपालको सुरक्षाकर्मी बाहेक अहिले नेपाली सेनाको सक्रियता बढाएको छ । कोशी ब्यारेज बाट आवत जावत गर्ने सबै सवारी साधनमा कडा निगरानी र चेकजाँच हुन थालेको छ ।

सुरक्षाकर्मी निकै सजग भएको कारणले निकै सक्रियता पूर्वक कुनै पनि किसिमको अप्रिय घटना नहुन दिन सर्तकता अपनाएका छन ताकी कुनै पनि अप्रिय घटना नघटोस ।

सुरक्षा संवेदनशिलताका कारण भारत र नेपालका कुनै पनि अधिकारीले कहाँ बाट कुन संगठनको आतंकवादीले धमकी दिएको हो नाम लिन चाही रहेका छैन ।

सिडियो चापाँगाईका अनुसार कोशी व्यारेज काफि गम्भीर विषय हो र यसको सुरक्षाको लागि प्रशासनलाई निकै सजग र सर्तक हुनु निर्देशन समेत दिएको बताए । यस लिंकमा क्लिक गरेर आजतकको समाचार हेर्न सकिन्छ  ।

प्रकाशित मिति: Jul 25, 2016

प्रतिक्रिया दिनुहोस्