Logo
७ बैशाख २०८१, शुक्रबार
(July 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनसन बसेको १५ औं दिन पछि  डा. केसीले सोमबार अनसन तोड्ने !

dr_kc
काठमाडौं । अनसन बसेको १५ औं दिन पछि डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । विवादित मनमोहन मेमोरियल मेडिकल कलेजको भौतिक संरचना वीर अस्पतालले किन्ने गरी डा. केसी र सरकारी टोलीबीच सहमति भएको हो ।

स्वास्थ्य मन्त्रालयमा दिनभरि भएको वार्ताले तयार पारेको मस्यौदामा केसीले सहमति जनाएपछि टुंगोमा पुगेको हो । डा.गोविन्द केसी र सरकारी पक्षबीचको वार्ता भाँड्दै आएको मनमोहन कलेजको मुद्दा सल्टिएपछि आइतबार सहमति भएको हो ।

आठौं अनसनको आज १५ औं दिन हो। टिचिङ अस्पतालको अनसनरत कोठामा डा. केसी र वार्ताटोलीबीच सम्झौताको मस्यौदामाथि छलफल थियो । सरकारी पक्षसँग भएको सहमतिपछि सोमबारै केसीले अनसन तोड्ने स्रोतले बतायो ।

आइतबार स्वास्थ्य मन्त्रालयमा दुई पक्षबीच भएको वार्तामा विवादित मनमोहन अस्पतालको भौतिक संरचना वीर अस्पतालमा सञ्चालित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले खरिद गर्ने गरी सहमति भएको छ ।

बिहीबारदेखि भएको वार्ता क्रममा मनमोहनलाई निजी प्रतिष्ठानका रूपमा नभई न्याम्सको विस्तारित इकाईका रूपमा सञ्चालन गर्नेबारे छलफल भएको थियो । यसका लागि सरकारले वीरलाई अनुदान दिने र त्यसैबाट वीरले मनमोहनको पूर्वाधार खरिद गर्ने प्रस्ताव गरिएको थियो ।

प्रकाशित मिति: Jul 24, 2016

प्रतिक्रिया दिनुहोस्