Logo
४ बैशाख २०८१, मंगलबार
(July 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको दूतसगँ गोप्य गर्न गएपछि सुटुक्क ‘सरकार फिर्ता निर्णय’

Vijay Kumar

गच्छदार तिर अकिंत गर्दे उपेन्द्रले भने–मुसाहरु भागिसके 
वीरेन्द्र कुमार, काठमाडौं । दुई तिन देखि सोसल मिडिया निकै चर्चा फैलेको थियो त्यो थियो ‘जोसुकैको नेतृत्वमा समाचार बनोस तर गच्छदारलाई त्यसमा जानु नैर्सगिक अधिकार हो’ अथुवा मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारबारे बिविध कुराहरु निकै उडाइएको थियो ।

ठिक त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने अडान अन्तिम समयसम्म लिएर बसेका थिए, तर शनिवार उनी पनि ब्याक भए, उनको यो निर्णय सगै उनी त मौसमविद पो भए भन्दै फेरी समाजिक संजालमा खिल्ली उडाइयो । तर, पार्टीका अन्य नेताहरुले गच्छदारले स्वस्फूर्त नभई बरु आफनै दलका बिभिन्न नेताहरुको कडा अडान र असहमति बिच उनले सरकार छाड्न बाध्य भएको समाचार श्रोतले दावी गरेका छन । समाचार श्रोतका अनुसार सरकारबाट फिर्ता हुन अन्तिम समयसम्म पनि गच्छदार तयार भएका थिएनन भने चर्को दवाब पछि रिसको झोकमा उनी सरकारबाट फिर्ता हुने निर्णयमा पुगेको बताइएको छ ।

श्रोतका अनुसार शनिबार पार्टी कार्यालयमा संसदीय दल तथा पार्टीको संयुक्त बैठकमा विजयकुमार गच्छदारले आफू केपी शर्मा ओलीलाई धोका नदिने कुरा पटक–पटक दोहोर्याएका थिए । उनले भनेका थिए, ‘प्रधानमन्त्री ओली राजिनामा दिएको भए मलाई प्रचण्डको गठबन्धनलाई समर्थन गर्न सजिलो हुन्थ्यो तर राजिनामा नदिएकै अवस्थामा ओलीलाई छाड्न मिल्दैन ।’

तर, यसमा पार्टी उपाध्यक्ष रामेश्वर राय यादव, लगायत बिभिन्न अन्य नेताहरुले फरक मत राखेका थिए । यादवको भनाई उद्धृत गर्दै पार्टी स्रोत भन्छ, ‘ओली सरकार गठनको बेलामा पनि पार्टीका बहुमत कार्यकर्ता तथा नेताले सरकारमा नजान भनेको तर सरकारमा जानुभयो । आज बहुमत सदस्यले नै ओली सरकार छाड्न भनि रहेका छन् यो कुराको ख्याल राख्नुहोला ।’

ओली नेतृत्वको सरकारलाई छाड्यो भने मधेशमा पार्टीप्रति भइरहेको आलोचना पनि कम हुने सुझाव दिँदै उपाध्यक्ष यादवले भनेको कुरा उल्लेख गर्दै एक नेताले भने, ‘फेरि पनि बन्ने सरकारमा तपाईको नेतृत्वमा जानेछ, त्यसैले ओली सरकारलाई छाडेर अविश्वासको प्रस्तावमा निर्णय गर्ने बाटो खुल्ला गरी दिनुहोला ।’ त्यही बेला वातावरण मन्त्री बिश्वेन्द्र पासवान पार्टी कार्यालयमा अचानक पुगेका थिए । प्रधानमन्त्री केपी ओलीको दूत भएर पार्टी कार्यालय छिरेका उनलाई भेट्न गच्छदार बैठक छाडेर निस्केका थिए । ‘तपाईंहरु छलफल गर्दै गर्नु म एकछिनमा आइहाल्छु’ भनि पासवानसँग भेट्न अर्को कोठामा पसेका थिए । गच्छदार निस्केपछि बैठकको अध्यक्षता भने उपाध्यक्ष यादवले गरेका थिए ।

श्रोत भन्छन ‘आफ्नै अध्यक्षतमा बैठक भएको कारणले रामेश्वर राय यादवलाई निर्णय गर्न सजिलो भयो । उनले गच्छदार अनुपस्थितिको बैठकमा अन्य नेताहरुलाई कन्भिन्स गरि सरकारबाट फिर्ता हुने निर्णयनै गराए ।’ एकछिनपछि जब गच्छदार आए, उपाध्यक्ष यादवले आफूहरुले सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको जानकारी गराए । गच्छदार आश्चर्यचकित हुँदै, ‘ए, निर्णय नै गर्नुभयो । निर्णय गरिसक्नु भएको छ भने ठीकै छ ।’ भनी कुरोलाई टालेका थिए । त्यसपछि उनले सरकारबाट फिर्ता भएको विज्ञप्ति जारी गर्न लगाएका थिए । विज्ञप्तिमा सरकारको कुनै अलाचोना भने नगर्न बरु बिचको बाटो निकाल्दै अर्के किसिमको बिज्ञप्ती जारी गर्न सुझाएका थिए ।

गच्छदार तिर अकिंत गर्दे उपेन्द्रले भने–मुसाहरु भागिसके 
यसैबीच, आइतबार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार प्रति अकिंत गर्दे मुसाहरु भागिसके  राजिनमा दिनुस भन्दै प्रधानमन्त्री ओलीलाई सुझाएका थिए । ओली सरकारलाई दिएको समर्थन अन्तिम समयमा गच्छदारको पार्टीले फिर्ता लिएको प्रति संकेत गर्दै आइतबार संसदमा यादवले भने, ‘सरकारको आज अन्तिम दिन हो । मुसाहरु भागिसकेका छन् । अव ओलीले राजीनामा दिदा राम्रो हुन्छ । उहाँको भलाईका लागि यो कुरा भनिरहेको छु ।’

उनले थपे– –सरकारको जहाज डुब्न थाल्यो । गठबन्धनमा रहेकाले प्वाल पारे । आफ्नै पार्टीका नेताले प्वाल पार्ने काम भयो । मुसाहरु हाम फाल्न थालेका छन् । मुसा भनेको यस्तै हुन्छ । मुसाहरुको फौज तयार गरेर नयाँ सरकारले पनि केही गर्नेवाला छैन । यसमा सर्तक रहनु होला ।’ उनले संविधान बनाउँदा केहि व्यक्तिहरुले जबरजस्ती गरेकाले आफूहरुले आन्दोलन गर्नु परेको बताए । उनले ओली सरकार संकटमा परेको र अब नयाँ सरकारको खेल सुरु भइरहेको प्रति व्यंग्य गर्दै भने – सेता कुर्सी  भरिए भनेर खुसी मनाउछौँ । आज मन्त्रीका कुर्सी  खाली भए । अब कसले खुसी मनाउने हो ।

यादवले आफूहरु संसदमा नश्लवादी संविधान स्वीकार्ने नआएको बताउँदै स्वीकारे भनरे केहिले खुसी मनाएपछि त्यो गलत भएको बताए । उनले सरकारको नाकाबन्दी खोलेको भनेर उपलब्धी भनेपनि सरकारले साम्प्रदायिकता भड्काउने काम मात्रै गरेको आरोप लगाए । ‘मधेशमा कफ्र्यु लगाउदा त्यहाँका जनताले दशगजा क्षेत्रमा गएर प्रर्दशन गरेका थिए । सरकारले राष्ट्रिय एकता खलबलाउने र साम्प्रदायिक दंगा चलाउने काम गरेको थियो । साम्प्रदायिक दंगाबाट बचाउन हामीले नाकाबाट हामी काठमाडौं आएका हौँ । यो पनि सफलता हो । यस्तो हास्यपद कुरा गर्ने ? किन जोकर बन्ने काम गर्ने ?’ उनले भने । उनले आफूबिना संविधानको कार्यान्वयन हुन नसक्ने भन्दै मधेसीको माग पूरा गर्नुपर्नेमा जोड दिए ।

‘सीमान्तकृत समुदायका अधिकार संविधानले सुनिश्चत नगरेपछि हामी आन्दोलनमा गयौँ । राज्यले निहथ्था जनता, बच्चादेखि बृद्धसम्मको हत्या गर्यो । यो दमन मात्र थिएन । एक खालको नरसंहार थियो’, उनले भने, ‘मानवतावादी कानुन र मानवअधिकारको उल्घनन भएको छ । नरसंहारका लागि अन्तराष्ट्रिय अदालतमा उभ्याउनुपर्छ ।’ उनले अहिलेको अर्थतन्त्र तस्करले चलाएको भन्दै सोहि कारण व्यपार घाटा ६ खर्व भन्दा धेरै भएको र आर्थिक रुपले मुलुकलाई टाट पल्टाउन खोजिएको बताए । प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै उनले संघीयता र गणतन्त्रलाई बाख्राका टाउकोमा भैसीका सिङ भन्ने उखान टुक्काले राष्ट्रको हित नहुने बताए ।

प्रकाशित मिति: Jul 24, 2016

प्रतिक्रिया दिनुहोस्