Logo
११ बैशाख २०८१, मंगलबार
(July 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लमहीमा माइक्रोबस पल्टियो, १ बालकको मृत्यु १५ घाइते (नामावली सहित)

Dang News

दाङ , साउन ८ । पुर्ब पश्चिम राजमार्ग अन्र्तगत लमही ११ रातेडाँडामा शनिवार अपरान्ह भएको सडक दुर्घटनामा परी सिसहनियाका १२ वर्षिय निरज गिरीको घटना स्थलमै निधन भएको छ भने १५ जना घाईते भएका छन ।

घोराहीबाट लमहीतर्फ आउदैै गरेको रा १ ख ४५५ नम्बरको माईक्रोबस पुर्ब पश्चिम राजमार्गको लमही स्थिित रातोडाडामा अनियन्त्रित भएर पल्टिदा सो घटना भएको हो घटनामा परि घाईते मध्ये ८ जनालाई लमहीमा प्राथामिक उपचार पछि कोहलपुर रिफर गरिएको छ ।

भने चार जनालाई राप्ती उपक्षेत्रिय अस्पतालमा घोराहीमा रिफर गरिएको छ । भने अन्य तीन जनाको प्राथामिक स्वास्थ्य केन्द्र लमहीमा उपचार भईरहेको छ ।

घटनामा परी त्रिपुर नगरपालिका नारायणपुरका बर्ष ५० की माली चौधरी, गंगापरस्पुर ७ लालपुरका बर्ष १६ का शिलशिला चौधरी, सोहि स्थानकी सुमित्रा चौधरी, पञ्चकुले २ की पुष्पा चौधरी, बिजौरी ४ की कोकिला बस्नेत , घोराही १० का अब्दुल हनान, सोहि ठाउका अब्दुल मनान, लालमटिया ३ का पुष्पा थापा , घोराही ३ की उर्मिला नेपाली, गढवा ६ मानपुरका राजेश चौधरी, सोहि स्थानका उर्मिला चौधरी, सिसहनियाका टेकबहादुर वली र दिल चौधरी घाईते भएका छन् ।

घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । दुर्घटना अपरान्ह करिव चार बजे भएको प्रहरीले बताएको छ । #सन्तोषकुमार गुप्ताको सहयोगमा

प्रकाशित मिति: Jul 23, 2016

प्रतिक्रिया दिनुहोस्