Logo
१३ बैशाख २०८१, बिहीबार
(July 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ सय भन्दा बढी नेता-कार्यकर्ता भित्राउदै महतोले भने -मधेसी मोर्चा सरकारमा जादैन !

Sadbhwana Birgnj (1)

वीरगंज, ८ साउन ।  सदभावना पार्टी वीरगंज नगर कार्य समितीले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि पाँच सय भन्दा बढी नेता कार्यकर्ता सदभावना पार्टी प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष राजेन्द महतोले मधेसको माँग सम्बोधन नभए सम्म मधेसी मोर्चा सरकारमा नजाने बताएका  छन ।

महतोले मधेसको मुद्दामा तिनै दल बैइमान रहेको र जारी मधेस आन्दोलनको स्वरुप मात्र परिर्वतन भएको बताउदै काठमाडौंमा मोर्चा सम्मिलित गठबन्धनले गरेको शान्तिपुर्ण आन्दोलन बाट माँग सम्बोधन नभए पुनः कठोर आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । प्रमुख अतिथी समेत रहेका महतोले आन्दोलनको नेतृत्व युवा र बिद्यार्थीका काँधमा रहेको हुनाले आन्दोलन सफल नभए सम्म आ आफनो तर्फबाट सक्रिय एवं नेतृत्वदायि भुमिका निर्वाह गर्न निर्देशन समेत दिएका थिए ।

पर्सा जिल्ला प्रभारी एवं केन्द्रिय सहमहामन्त्री अजय गुप्ताले आँउदा दिनमा सदभावना मधेसको प्रमुख पार्टी हुने बताउदै अधिकार र पहिचानको लागि जारी आन्दोलनको जिम्मेवारी युवाको काँधमा रहेकोले सम्पुर्ण मधेसी युवाहरु एक भएर अगाडि बढनुपर्ने धारणा राखेका थिए ।

वीरगंज स्थित टाउन हलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी सदभावना पार्टीमा प्रवेश गर्नेहरुमा युवा गठबन्धन पर्साका अध्यक्ष एवं फोरम लोकतान्त्रिक पर्साका पुर्व जिल्ला सचिव ईश्वर यादव, युवा गठबन्धन पर्साका सह संयोजक एवं रामसपा पर्साका पुर्व जिल्ला सचिव धर्मेन्द्र पटेल , संघीय समाजवादी फोरम नेपाल पर्साका वरिष्ठ नेता किसोरी यादव, नेपाली काँग्रेस मजदुर नेता सुरेश साह कानु, तमलोपा महिला नेतृ एवं तराई मधेस महिला संघकि पर्सा अध्यक्ष रेखा साह,युवा नेता गगनदेव यादव, दिपक साह कानु, संघीय प्रेस फोरमका केन्द्रिय सह कोषाध्यक्ष संतोष पटेल,फोरम लोकतान्त्रिक बिद्यार्थी संगठनका केन्द्रिय सदस्य रबि पटेल,गाबिस पकहामैनपुर राप्रपाका वडा अध्यक्ष जयराम कुर्मी,लवकुश मेडिकल हलका संचालक पन्नालाल पटेल,नेपाल परिवार दल पर्साका कोषाध्यक्ष अजय सर्राफ,सदस्य हरिशंकर सर्राफ, फोरम लोकतान्त्रिक वडा नं. १८ का अध्यक्ष हरिशंकर यादव, सचिव हरिशंकर साह,कोषाध्यक्ष ओमप्रकास यादव, प्रध्यापक राजकुमार निखिल, युवा व्यवसायिहरु रोशन मोदी,सुरज गुप्ता, अजय साह तेली,बिजय गुप्ता, बिकास गुप्ता, प्रमोद यादव,निरज गुप्ता, राकेश पाण्डे, संचारकर्मी अनिल वर्मा, प्रवेश चौधरी, कृष्णा यादव, स्वतन्त्र युवाहरु दिपक सर्राफ, अन्सु कुमार, उदयकान्त झा, हरेन्द्र पटेल लगायत उल्लेखय मात्रामा बिभिन्न राजनितीक पार्टी परित्याग गरी सद्भावना प्रवेश गरेका थिए ।

नव प्रवेशीहरुलाई पार्टी अध्यक्ष राजेन्द्र महतो, सह महासचिवद्वव अजय गुप्ता, सुरेन्द्र कुर्मी, केन्द्रिय सदस्य निजामुदिन समानी, रेखा घिमिरे लगायतकाले फुलमाला ,टीका ,सदस्यता रसिद र मधेसको चिनारी गम्छा सहित सम्मान गरेका थिए । वीरगंज स्थित गण्डकबाट सद्भावना पार्टीका नेता कार्यकर्ताले मोटर साईकल रयाली गरी नगर परिक्रममा गरेका थिए ।

वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफको सभापतित्वमा सम्पन्न प्रवेश कार्यक्रममा सहजीकरण जिल्ला सचिव राजेश साह र महिला मंच नगर अध्यक्ष सुनिता रौनियारले स्वागत एवं केन्द्रिय सदस्य मोहनलाल चौधरीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा सद्भावना पार्टी पर्साका अध्यक्ष ईमदाद गद्दी सुगा,बारा अध्यक्ष शेख सफी लगायतकाले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  # पत्रकार सन्तोष पटेलको सहयोगमा

Sadbhwana Birgnj (2)

Sadbhwana Birgnj (11)

Sadbhwana Birgnj (4)

प्रकाशित मिति: Jul 23, 2016

प्रतिक्रिया दिनुहोस्