Logo
७ बैशाख २०८१, शुक्रबार
(July 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक संकट उत्पन्न हुन्छ भनेर हल्ला फिँजाईएकोमा असन्तुष्टी

Prakash-Sharan-Mahat

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भैसकेकाले पहिला अविश्वासको प्रस्तावमाथि नै छलफल हुनुपर्ने बताएका छन् ।  आश्रित विधेयक पारित नगरे आर्थिक संकट उत्पन्न हुन्छ भनेर हल्ला फिँजाईएकोमा असन्तुष्टी पोख्दै भने,‘विनियोजन विधेयक पास भैसकेको अवस्थामा, आश्रित विधेक ३१ असारभित्रै पारित हुनुपर्दथ्यो, त्यसो नभएपछि पहिलाकै व्यवस्था अनुसार काम भैरहेका छन्, अहिले यसको कुनै सान्र्दर्भिकता छैन् ।’

राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भैसकेपछि पहिला यो विषयले प्राथमिकता पाउनुपर्छ, यो प्रस्तावमाथि मतदान गरेर टुँगो लगाईसकेपछि मात्रै अन्य विषयमा जानुपर्छ, यसमा कोही पनि द्धिविधामा पर्नुहुँदैन् ।’ संसदीय व्यवस्थामा सरकार परिवर्तनको कुरालाई बेमौसमी बाजा भन्नु तर्कसंगत नभएको नेता महतको दाबी छ ।

उनले थपे,‘संसदको मतको आधारमा सरकार बन्ने र हट्ने कुरा लोकतान्त्रिक कुरा हो, यसमा विवाद उत्पन्न गराउनुको कुनै तुक छैन् ।’ सत्तारुढ दलले नै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको दाबी गर्दै उनले त्यसको विकल्पमा नयाँ सरकार बनाउनु स्वभाविक भएको तर्क गरे ।

ओली नेतृत्वको सरकारले कुरामात्रै प्रशस्त गरेको जनतामा कुनै किसिमको डेलिभरी नगरेको आरोप महतले लगाए । उनले भने,‘कामको हिसावले यो सरकार पूर्ण असफल भैसकेको छ ।’ यद्धपी नेता महतले संविधान कार्यान्वयन गर्ने विषयमा प्रमुख राजनीतिक दलहरुवीच एकता हुुनुपर्नेमा जोड दिए । अबको १० दिनभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने दाबी गर्दै भने,‘सरकार बनाउने कुरामा संविधानमा कुनै द्धिविधा छैन् ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओली सरकारको भन्दा कुशल नेतृत्व दिने दाबी गरेकोले काँग्रेस र माओवादीवीच नयाँ गठबन्धन बनेको उनको दाबी छ ।

प्रकाशित मिति: Jul 20, 2016

प्रतिक्रिया दिनुहोस्