Logo
७ बैशाख २०८१, शुक्रबार
(July 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. केसीलाई भेटेपछि डा. भट्टराईले भने – ‪#‎IamwithDrKC‬

kc-baburam

काठमाडौं । नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले विभिन्न माग राखेर अनशन बसिरहेका डा.गोविन्द केसीलाई भेटेका छन । केही अगाडि पनि उनले डा. केसीलाई भेटेर अनशनप्रति ऐक्यबद्धता जनाएका थिए । उनले सरकार टिकाउने र गिराउने खेलमा भन्दा केसीको माग सुनवाई गर्न पनि माग गरेका छन् ।

बाबुरामले फेसवुकमा लेखेका छन् “स्वास्थ्य सेवा तथा शिक्षा जस्तो अति महत्वपूर्ण विषयमा बहुसंख्यक नेपालीको हितकालागि अनशनरत आदरणीय डा. गोविन्द केसीप्रति ऐक्यवद्धता जनाउँदै आज दोस्रो पटक भेटघाट ।

मेरो व्यक्तिगत तर्फबाट र नयाँ शक्तिको तर्फबाट वहाँको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै छिटो भन्दा छिटो सरोकारवालाहरुलाई सरकारमा टिकिरहने र गिराउने खेलमा लाग्नु भन्दा डा. केसीको मागको सुनुवाईको लागि हार्दिक अपिल गर्दछु । ‪#‎IamwithDrKC‬”

प्रकाशित मिति: Jul 19, 2016

प्रतिक्रिया दिनुहोस्