Logo
१२ बैशाख २०८१, बुधबार
(July 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपचार सहज बनाउन डा. केसीलाई ठूलो कोठामा सारियो

dr kc

काठमाडौं । अनसनरत डा. गोविन्द केसीलाई अनशनको नवौं दिन उपचार सहज बनाउनका लागि ठूलो कोठामा सारिएको छ ।

अनशनको दिन बढ्दै जाँदा केसीको स्वस्थ्य अवस्था समेत बिग्रदै गएकोले सानो कोठामा उपचार गर्न समेत बाधा पुगेको प्राडा प्रदिपकृष्ण श्रेष्ठ तथा प्राडा दिब्या सिंह शाहले अस्पताल प्रशासनलाई जानकारी गराउँदै ठूलो कोठामा सार्न सहमत गराएका हुन् ।

त्रिवि शिक्षण अस्पताल प्रसासनले सबै कोठामा ताल्चा लगाए पछि उनि १०X५ फिटको सानो कोठामा अनशन बस्न बाध्य भएका थिए । उनको उपचारमा संलग्न मेडिकल टिमको विशेष आग्रहमा स्थानान्तरण गरिएको हो ।

स्थानान्तरण अन्तर्गत उनलाई अनशन बसेकै कोठाको छेवैमा रहेको अर्को कोठामा सारिएको हो । त्यही कोठमा उनले सातौं अनशन गरेका थिए ।

प्रकाशित मिति: Jul 18, 2016

प्रतिक्रिया दिनुहोस्