Logo
१२ बैशाख २०८१, बुधबार
(July 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धनको निष्कर्षः अविश्वासको प्रस्ताव ओलीलाई पद्च्युत गर्ने राम्रो अवसर !

Gathabandhan_meeting

“ओलीको अहंकारका कारण वार्ता हुन सकेनन”

न्यूज अप्रेशन, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठबन्धनले गठबन्धनले प्रधानमन्त्री केपि शर्मा ओलीको अहंकारका कारण सरकार र गठबन्धनबीच वार्ता हुन नसकेको निष्कर्ष निकालेका छन ।

गठबन्धनले प्रधानमन्त्री ओलीविरुद्ध व्यवस्थापिका संसद्का दर्ता भएको अविश्वासको प्रस्ताव पारित गर्न सक्रिय सहयोग गर्ने निर्णय समेत गरेको छ ।

अविश्वासको प्रस्ताव प्रधानमन्त्री ओलीलाई पद्च्युत गर्ने राम्रो अवसर भएको समेत बताएको छ । यद्यपी, नयाँ सरकारमा सहभागी हुने बारेमा भने उसले निर्णय गरेको छैन ।

गठबन्धनको बैठकले पहिचानसहितका प्रदेश बनाइनुपर्ने आफ्नो मागका विरुद्ध जथाभावी प्रचार गरिएको निष्कर्षसहित भ्रम चिर्नका लागि देशका विभिन्न १० स्थानमा बुद्धिजिवी र संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताको उपस्थितिमा अन्तक्रिर्या गर्ने निर्णय समेत गरेको छ ।

गठबन्धनले काठमाडौमा साउन ५ गते, धनगढीमा साउन १७ गते, घोराहीमा २२ गते, बुटवलमा २५ गते, हेटौंडामा ३२ गते, चन्द्रनिगाहपुरमा भदौ ४ गते, बर्दिवासमा ११ गते, इटहरीमा १७ गते, विर्तामोडमा २२ गते र विराटनगरमा भदौ २८ गते अन्तक्रिर्याको कार्यक्रम तय गरेको हो ।

आइतबारदेखि जारी रहेको बैठक सोमबार विहान सकिएको हो । संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको गठबन्धनको बैठकले अविश्वासको प्रस्ताव पारित गर्न पूर्णरुपमा सहयोग गर्ने निर्णय गरेको हो । गठबन्धनले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनु आफूले गरेको आन्दोलनको उपज भएको समेत दाबी गरेको छ ।

गठबन्धन आवद्ध रामसपाका नेता शरतसिंह भण्डारीले आफूहरुले उठाएका माग सरकारसँग सम्बन्धित नभइ संविधानसँग सम्बन्धित भएको भन्दै सरकारमा सहभागी हुने योजना नरहेको बताए ।

यद्यपी बैठकमा दुवै दिन तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टीका प्रमुख नेता भने अनुपस्थित रहेका थिए । #फाइल फोटो

प्रकाशित मिति: Jul 18, 2016

प्रतिक्रिया दिनुहोस्