Logo
१३ बैशाख २०८१, बिहीबार
(July 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइएनजिओहरु विकासमा भन्दा ब्राण्डिङ्ग-प्रचारमा बढी खर्चिदै

NGO
काठमाडौं । नेपालमा कार्यरत आइएनजिओले पूर्वाधार र उत्पादन वृद्धिभन्दा पनि प्रचारात्मक र गोष्ठीमा रकम खर्चिरहेका छन् । सामाजिक मुद्दालाई स्थापित गर्न आइएनजिओले बढी लगानी गरेको देखिन्छ । अहिलेसम्म सामाजिक मुद्दाकै लागि भनेर वर्षमा करिब १८ अर्बभन्दा बढी रकम खर्चिएको देखिन्छ । नेपालमा भौतिक पूर्वाधारमा बजेट खर्चिएको देखिन्न ।

आइएनजिओहरूले गत वर्ष सामाजिक क्षेत्रका नाम मात्रै एक अर्ब २४ करोड ४० लाखभन्दा बढी रकम खर्चिएका छन् । यो रकम कुन–कुन क्षेत्रमा कसरी खर्चियो भन्ने विस्तृत विवरण भने खुल्न सकेको छैन । उनीहरूले सामाजिक कल्याण शीर्षकअन्तर्गत विभिन्न विषयमा खर्च गरेका हुन् । सामाजिक मुद्दासँगै जोडिएको महिला/बालबालिका तथा समाजकल्याणको क्षेत्रमा भन्दै ३४ वटा आइएनजिओले एक अर्ब ११ करोड ४१ लाखभन्दा बढी रकम खर्चिएको तथ्यांक अर्थ मन्त्रालयमा छ ।

यस्तै, स्थानीय निकायमा महिला, दलित, अल्पसंख्यक समुदायको सहभागिता अर्थात् समावेशिता बढाउने भन्दै गत वर्ष १४ भन्दा बढी आइएनजिओले परियोजना चलाएका थिए । ती परियोजनाले ८७ करोड ५४ लाख ३७ हजार रुपैयाँभन्दा बढी खर्च गरेका छन् । विभिन्न आइएनजिओले नेपालको भौतिक विकासको क्षेत्रमा वर्षमा एक अर्ब रुपैयाँ खर्च गरेको बताए पनि त्यसबारे कुनै तथ्यांक छैन । एउटा आइएनजिओले नेपालमा सहरी विकासको क्षेत्रमा काम गरेको र उसले दुई करोड मात्र खर्च गरेको तथ्यांक भेटिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jul 18, 2016

प्रतिक्रिया दिनुहोस्