Logo
८ बैशाख २०८१, शनिबार
(July 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनसनको आज अन्तिम दिन: तर मधेशी मोर्चाकै शीर्ष नेताहरु अनुपस्थित !

 ansan

न्यूज अप्रशेन, काठमाडौ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको जनजाती दल/समुह समेत २५ दलीय गठबन्धनले शुरुगरेको रिले अनसन आजबाट स्थगित हुने भएको छ ।

यद्यपि आज समापनको दिन सबै शीर्ष नेताहरुको अनिवार्य उपस्थिति भनिएको थियो । तर मधेशी मोर्चाकै शीर्ष नेताहरुको अनुपस्थिति रहेको छ । आज समापनको दिन पारेर सबै शीर्ष नेताहरुको अनिवार्य उपस्थिति हुने भनिएको थियो । तर मधेशी मोर्चाकै केहि शीर्ष नेताहरुको अनुपस्थिति रहेको छ ।

सदभावना अध्यक्ष राजेन्द्र महतो र तमलोपा अध्यक्ष महन्थ ठाकुर एक दिनपनि अनसन बसेका छैनन । महतो भने एक दिन अनसन स्थल पुगेर ऐक्यवद्धता जनाएपनि ठाकुर भने एक दिन पनि अनसन स्थल नपुगेको सघिंय गठबन्धनका एक नेताले बताए ।

त्यस्तै आजको अनसनमा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव पनि अनुपस्थित रहेका छन् ।

आजको अन्तिम दिनको अनसनमा आज शीर्ष नेताहरु क्रमस गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारी, तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादव, मधेशी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) का उपाध्यक्ष गजाधर यादव, थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारुलगायतका ४२ जना अनसन बसेका छन ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुर र सद्भावना अध्यक्ष महतो आज पनि अनुपस्थित रहेको उक्त नेताले बताए । उनीहरुले केन्द्रीय सदस्यस्तरका तमलोपाका सुरेन्द्र झा र सद्भावना पार्टीका रामेश्वर यादवलाई पठाएका छन् ।

महेन्द्र राय यादवले आफ्ना दलका वरिष्ठ नेता रामनरेश राय यादव र प्रवक्ता सत्यनारायण मण्डललाई पठाएका छन् । अनिल झाले पार्टीका केन्द्रीय सदस्य प्रेमप्रसाद बरामलाई पठाएका छन् भने राजकिशोर यादवले उपाध्यक्ष गजाधर यादवलाई पठाएका छन् ।

प्रकाशित मिति: Jul 15, 2016

प्रतिक्रिया दिनुहोस्