Logo
१२ बैशाख २०८१, बुधबार
(July 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीर अस्पताललाई सार्ने तयारी, चाँगुनारायणमा अत्याधुनिक वीर अस्पताल

bir-hospital-newsabhiyan
काठमाडौं । मुलुककै जेठो वीर अस्पताललाई भक्तपुरमा स्थानान्तरण गर्ने प्रक्रिया थालिएको छ ।

वीर अस्पतालमा सञ्चालन भइरहेको अहिलेको स्थान साँघुरो र नयाँ संरचना निर्माण गर्न सकिने अवस्था नभएको भन्दै सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका ११ र १४ मा पर्ने दुवाकोटस्थित जग्गा छनोटसमेत गरेको छ । ५६३ रोपनी सार्वजनिक जग्गामा अत्याधुनिक वीर अस्पताल बनाउने तयारी गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति गणेश गुरुङलगायतको टोलीले मंगलबार जग्गाको अवलोकन गर्दै वीर अस्पतालका लागि उपयुक्त जग्गा फेला परेको जनाएको हो ।

उक्त जग्गामा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न हजार शय्याको अस्पताल निर्माण गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए । वीर अस्पतालको स्थानान्तरण प्रक्रिया अघि बढेको मन्त्री पौडेलले बताए ।

राष्ट्रपतिदेखि गिटी कुट्ने मजदुरसम्मका व्यक्तिले समान रुपमा उपचार गर्न पाउने उच्चस्तरीय अस्पतालका रुपमा विकास गरिने उनले सुनाए । सरकारले वीर अस्पताल सञ्चालनका लागि उपत्यकाभित्र ५ सयदेखि हजार रोपनी जग्गाको खोजी गरिरहेको थियो ।

कान्तिपुर दैनिकले समाचार छापेको छ ।

प्रकाशित मिति: Jul 13, 2016

प्रतिक्रिया दिनुहोस्