Logo
१२ बैशाख २०८१, बुधबार
(July 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउन १ गते देखि लागु गर्ने गरी  पत्रकारको न्यूनतम पारिश्रमिक राजपत्रमा प्रकाशित

Rajpatra News
काठमाडौ  । सरकारले आगामी साउन १ गते देखि लागु गर्ने गरी श्रमजीवी पत्रकारको न्यूनमत पारिश्रमिक आज राजपत्रमा प्रकाशित गरेको छ । नयां व्यवस्था अनुसार श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारले न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५ सय निर्धारण गरिएको छ ।

यस्तै ऐन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवी कामदार, कर्मचारीको न्यूनमत मासिक पारिश्रमिक १४ हजार ४ सय निर्धारण गरिएको छ । अन्य सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक भने १४ हजार १ सय र कामदार तथा कर्मचारीको न्यूनमत पारिश्रमिक १२ सय ५ सय निर्धारण भएको छ ।

आंशिक समय काम गर्ने, ज्यालादारी, करारमा काम गर्ने श्रमजीवी पत्रकार, कामदार, कर्मचारीको हकमा न्यूनतम पारिश्रमिकको सट्टा कार्य घण्टा र करार बमोजिम सम्बन्धित प्रतिष्ठानले निर्धारण गर्ने राजपत्रमा उल्लेख छ ।

Rajpatra  (1)

Rajpatra (2)

प्रकाशित मिति: Jul 12, 2016

प्रतिक्रिया दिनुहोस्