Logo
१२ बैशाख २०८१, बुधबार
(July 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जस्तापाताले बेरिएको तीनकुनेमा यस्तो बन्ने भो, बुद्धको मण्डला

shanti-mandala-tinkune13

काठमाडौं । काठमाडौंको तीनकुनेमा जस्तापाताले बेरिएको खुला जमीन छ । तर, अब यो खुल्ला ठाउँ एउटा मनमोहक आध्यात्मिक केन्द्र बन्ने भएको छ । उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाको सपना साकार पार्ने गरी महानगरपालिकाले यहाँ धार्मिक संरचना बनाउन लागेको हो ।

हिउँदमा धुलाम्मे र  हिलो एवं झाडीले ढाक्ने झण्डै ५० रोपनीको यो चौरीलाई महानगरपालिकाले एउटा धार्मिक एवं आध्यात्मिक पार्कका रुपमा विकास गर्ने प्रक्रिया अघि बढाएको छ । छाडा पशु चर्ने र सिकारु गाडी चलाउने ठाउँका रुपमा रहेको यो ठाउँ अब योजनाअनुरुप काम भए केही वर्षभित्रै शान्ति मण्डलाको रुपमा विकसित हुनेछ ।

चौरलाई बौद्ध र हिन्दुधर्मको फ्युजन गरेर आत्यात्मिक एवं धार्मिक पर्याटनस्थलको केन्द्र बनाउने लक्ष्यसहित यसको सम्भाव्यता अध्ययन गरिएको हो । अब यसको विस्तृत परियोजना प्रतिवेदन (डिपीअार) तयार पारेर कार्यान्वयनमा लैजाने महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए ।

शान्ति मण्डलाको मुख्य आकर्षणका रुपमा बुद्धको मूर्ति रहनेछ । मण्डलाको बीच भागमा यो मुर्ति राखिने छ । जमिनको सहतदेखि १ सय ८ फिट अग्लो रहने यो मूर्ति हिन्दु तथा धार्मिक पर्यटकका लागि लक्षित हुनेछ । मण्डलाको प्रारम्भिक अवधारणसहितको डिजाइन तयार भइसकेको छ । महानगरपालिकाले तीनकुनेको संरचना तयार पार्न आर्किटेक्ट डिजाइन एसोसिएट्सलाई यसको सम्भाव्यता अध्ययनको जिम्मेवारी दिएको थियो ।

उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले नै यो बुद्धको प्रतिमासहितको बगैंचा निर्माण गर्न चासो देखाएका थिए । महानगरपालिकाको वाषिर्क बजेट सार्वजनिकरण गर्न भएको कार्यक्रममा थापाले तीनकुनेमा बुद्धको मुर्ति राख्ने प्रक्रिया थाल्न महानगरपालिकालाई निर्देशनसमेत दिएका थिए ।

काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत तामाङ डीपीआर तयार गरेर सकेसम्म छिट्टै यो परियोजना निर्माण गरिसक्ने बताउँछन् । पार्क निर्माणका लागि १ अर्व २३ करोड ४६ लाख ७५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।  मण्डलालाई हिन्दु र बौद्ध धर्मको मर्मलाई फ्युजन गरेर निर्माण गर्न लागिएको छ ।

मण्डलाको बीच भागमा ५४ फिट अग्लो स्तुपा आकारको संरचना निर्माण गरिनेछ । जसलाई माटोले भरिने छैन । स्तुपाभित्र तीनतलाको संरचनाहरु निर्माण हुनेछ । बाहिरी भागमा भने दुबो सहितको चाैर रहनेछ । जसमा विभिन्न मण्डला जनाउने क्रसहरू रहनेछन् । स्तुपाभित्रको भन्दा तल्लो तलामा पार्किङको व्यवस्था गर्ने योजना बनेको छ । दोस्रो तलामा ध्यान केन्द्र निर्माण गरिनेछ । भने तेस्रो तलामा क्युरेटर सपहरु रहनेेछन् ।

shanti-mandala-tinkune5ध्यान केन्द्र अर्थात ‘मेडिटेसन’ हलमा विभन्न आध्यात्मिक कार्यक्रम गर्न प्रयोग गरिनेछ । पार्कभित्र शंख चक्र पार्कसहित हलमा एकैपटक दुई सय जनाले योग गर्न सक्नेछन् । क्युरेटर सपमा भने विभिन्न धार्मिक वस्तु र सजावटका सामाग्रीहरु किन्न सकिने छ । त्यही स्तुपाको माथि बानेश्वरतर्फ फर्किएको १६ मिटर अग्लो बुद्धको मूर्ति सजाइनेछ ।

यसले बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनेछ । मूर्तिको छेउमा दुईवटा मन्दिर जसतै संरचना राख्न प्रस्ताव गरिएको छ । तर, त्यसमा मूर्ति राख्ने योजना महानगरको छैन । मण्डलाको तीनै कुनालाई बौद्ध र हिन्दु धर्मको मर्मसँग फ्युजुन गर्ने योजना छ । तीन कुनालाई हिन्दूधर्मको ब्रहृमा, विष्णु र महेश्वरको प्रतीकका रुपमा लिन सकिने सोचमा यसको डिजाइन भएको छ ।

यस्तै बौद्ध धार्मावलम्वीहरुले तीनै कुनालाई आफ्नो दर्शनअनुसार बुद्ध धर्ममा ‘बुद्ध’, ‘धर्म’ र ‘संघ’लाई मान्न सक्नेछन् । ‘यहाँ प्रतीक झल्किने कुनै चीज हुनेछैन । तर, आध्यात्मिक ठाउँ भएकाले धार्मिक प्रतीकका रुपमा मात्रै विकास गरेका हौं’ कार्यकारी प्रमुख तामाङले भने । यसलाई पूर्ण धार्मिकरुपमा भन्दा पनि धार्मिक विम्वयुक्तस्थलका रुपमा विकास गर्ने सोच महानगरको छ ।

shanti-mandala-tinkune14पार्कमा परिक्रममा मार्ग घुमिसकेपछि आगन्तुकको मन शुन्यतामा जाने अर्थात् शहरी कोलाहल र तनावबाट मुक्ति पाउने डिजाइनको सोच छ । गोलाकारबाट मूर्तिसम्म पुग्न १२ वटा प्रवेश कक्ष हुनेछन् । १२ घण्टाको दिनर १२ घण्टाको रात तथा असीमित समयको भावको प्रवेशद्वार निर्माण हुनेछन् ।

पार्क निर्माण लागि महानगरले योजना अघि सारे पनि तीनकुनेको जग्गा विवाद अझै सुल्झिएको छैन । अधिग्रहण गर्दा केही जग्गाधानीले मुआब्जा कम भएको भन्दै अस्वीकार गरेका छन् । अझै थुप्रै परिवारले तीनकुनेबाट हटेपनि मुआब्जा बुझेका छैनन् । शब्द/तस्विर #अनलाइनखबर

प्रकाशित मिति: Jul 11, 2016

प्रतिक्रिया दिनुहोस्