Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वे: प्रेम विवाह गर्ने ८० प्रतिशत मानिसहरुमा पारिवारिक उल्झन

03_02_2015-valentinesday2

एजेन्सी । प्रेम विवाह आजको जमानामा निकै साधारण कुरा हो । तर यो शब्द सुन्नमा जति रमाइलो लाग्छ त्यती नै धेरै प्रेम कहिलेकाँही गलाको पासो बन्ने गर्दछ । एक शोधका अनुसार प्रेम विवाह गर्ने ८० प्रतिशत मानिसहरुको सम्बन्ध केही समयपछि सिद्धिने गर्दछ । आखिर यस्तो के गल्तीका कारण सम्बन्ध टुट्छ, यसबारे जानकारी लिऔं ।

धेरैजसो प्रेमविवाहमा विवाहभन्दा पहिले पुरुषहरु महिलासामू ठिक त्यसरी पेश आउँछन् जसरी महिलाहरु चाहन्छन् । प्रेमका कारण महिला पनि पुरुषलाई विश्वास गरिरहेका हुन्छन् । तर, यस्तो गर्नुपूर्व तपाईंले सोच्न आवश्यक छ किनभने ९० प्रतिशत पुरुषहरुले तपाईंलाई झुक्याइरहेका हुन्छन् । त्यसकारण विवाहभन्दा पहिले राम्रोसँग आफ्नो पुरुषबारे जानकारी लिनुहोस् ।

विवाह पछि जब पुरुषको असली रुप अगाडि आउँछ तब समस्या बल्झिनथाल्छ । धेरैजसो अवस्थामा विवाह पछि दुबैको परिवारको विषयमा पनि समस्या आउने गर्दछ । दुबैले यदि एक अर्काको परिवारलाई सम्मान गर्दैनन् भने कुरा झगडासम्म पुग्ने गर्दछ । महिलाहरुलाई सधैं एउटा इच्छा हुन्छ कि, आफ्नो श्रीमानले आमाको कुरा नसुनी आफ्नो कुरा सुनोस् भन्ने इच्छा हुन्छ । यो कुराले पनि दुबैबिच झगडा हुने गर्दछ ।

धेरैजसो अवस्थामा पुरुषले घरको सबै जिम्मेवारी महिलामाथि थोपर्ने गर्दछन् जसका कारण पनि झगडा हुने गर्दछ । विवाह दुई मानिसबीचको सम्बन्ध हो, त्यसकारण घरको काम होस् वा अरु कुनै सबैमा दुबैको परस्पर सहयोग हुन आवश्यक छ ।

प्रकाशित मिति: Jul 10, 2016

प्रतिक्रिया दिनुहोस्