Logo
७ बैशाख २०८१, शुक्रबार
(July 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको तर्कः प्राध्यापकले राम्रो नपढाएकाले विद्यार्थीहरु फेल भए !

Pm In TU

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले पठनपाठनको गुणस्तर सुधार गर्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले आइतबार त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षण विधि र परीक्षा प्रणालीमा सुधार गर्न विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका हुन् ।

उनले त्रिभुवन विश्वविद्यालयमा पंचायतकालमा भन्दा पनि बढी राजनीतिकरण मौलाएको र त्यसले पठनपाठनको स्तर कमजोर बन्दै गएको भन्दै प्राध्यापकहरुलाई राजनीतिमा भन्दा पठनपाठनमा संलग्न गराउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयका प्राध्यापकहरुलाई पठनपाठन छोडेर राजनीतिमा लाग्नबाट रोक्न पनि विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिए।

उनले नयाँ पुस्ता धेरै तेज रहे पनि विश्वविद्यालयले समय सुहाउँदो शिक्षा दिन नसकेको बताए। उनले विश्वविद्यालयले पढ्ने वातावरण नबनाएको तथा प्राध्यापकले राम्रो नपढाएका कारण विद्यार्थीहरु फेल हुने गरेको बताए ।

बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. तिर्थ खनियाँले गुणस्तर सुधार गरी उच्च शिक्षामा विद्यार्थीको पहुँच बढाउन सरकारले लगानी बढाउनुपर्ने बताए।

त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो । त्रिवि विश्वका विश्वविद्यालयहरुको सूचीमा ४ हजार २ सय ४१ औं स्थानमा पर्छ ।

त्रिवि सभाको साधारण बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि त्रिभुवन विश्वविद्यालयले समयको माग अनुरुपको शिक्षा दिन नसकेको बताए। उनले विकासका एजेण्डा सम्बोधन गर्ने खालको शिक्षा दिनु त्रिविका लागि अझै चुनौतीको विषय रहेको बताए।

प्रकाशित मिति: Jul 10, 2016

प्रतिक्रिया दिनुहोस्