Logo
७ बैशाख २०८१, शुक्रबार
(July 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलन गरिरहेकाहरुको मागबारे राष्ट्रसंघलाई जानकारी

Prabhu_sah_usa

काठमाण्डौ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहले नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेकाहरुको माग बारे संयुक्त राष्ट्र संघका अधिकारीहरुलाई जानकारी गराएका छन् । न्यूर्योकस्थित संयुक्त राष्ट्र संघको केन्द्रीय कार्यालयमा सभापति साह र राष्ट्र संघका अधिकारीहरुबीच भएको भेटघाटमा सभापति साहले मधेशी–आदिवासीहरुको अधिकार कटौति गरिएको भन्दै उनीहरुले आन्दोलनमा रहेको जनाएका थिए ।

भेटघाटमा नेपालमा भूकम्प पछिको पुर्ननिर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको सभापति साहले बताए । त्यस्तै नेपाली कामदारहरुलाई सहजताका लागि पहल गर्न आईओएमलाई आग्रहसमेत गरे । सभापति साहले आन्दोलनरत पक्षको मागहरु बारे जानकारी गराउँदै वार्ताको मध्यमबाट समस्या समाधान गर्नका सहयोग गर्न आवश्यक रहेको पनि औल्याए ।

संयुक्त राष्ट्र संघका लागि परमानेन्ट अवर्जभर(इन्टर पारलियामेन्ट युनियन) का पाडी टोर्सनी, इन्टरनेशनल ओर्गनाईजेशन फर माईग्रेसन(आईओएम) संयुक्त राष्ट्र संघका असरफ इ न्योर र सभापति साहबीच भेटघाट भएको थिया । भूकम्पमा क्षतिग्रस्त भएका पूर्वाधार तथा पौराणीक धरोहरहरुको पुर्ननिर्माणमा सहयोगका लागि सभापति साहले आग्रह गरेका थिए । नेपालको पौरानीक धरोहर विश्वकै लागि महत्वपूर्ण रहेकोले पुर्ननिर्माणमा सहयोग आवश्यक रहेको साहले बताए थिए ।

नेपाली श्रमिकहरुलाई अमेरिकामा काम गर्नका लागि सहज वातावरण मिलाउन साहले आग्रह गरेका थिए । नेपालीहरुका लागि भिसा प्रक्रिया झन्झटिलो रहेको बताउँदै प्रक्रियाहरुलाई सहज र नेपाली कामदारहरुलाई प्राथमिकतामा राख्न सभापति साहले आग्रहसमेत गरेका थिए । कामदारका विषयमा अधिकारीहरु निकै सकारात्मक रहेको साहले बताए । छलफलको परिणाम सकारात्मक आउनेमा आफु निकै आशावादी रहेको सभापति साहले जनाए ।

प्रकाशित मिति: Jul 10, 2016

प्रतिक्रिया दिनुहोस्