Logo
७ बैशाख २०८१, शुक्रबार
(July 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सर्बसम्मतले अनुमोदन

Sushila Karki File

काठमाडौं ।  संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सर्बसम्मतले अनुमोदन गरेको छ । संविधानको धारा ११९ को उपधारा २ बमोजिम उनलाई प्रधनन्यायधीशमा अनुमोदन गरेको कुलबहादुर गुरुङले बताए ।

कार्कीको नाम अनुमोदन गर्नुअघि संसदीय सुनुवाइ विशेष समितिले कार्कीविरुद्ध परेको उजुरीमाथि बिहान छलफल गरेको थियो ।  योग्यता, क्षमता र अनुभवको आधारमा योग्य देखिएकाले कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गरिएको संसदीय सुनुवाई विशेष समितिका सभापति गुरुङले जानकारी दिए ।

सो पछि उनलाई कार्यकक्षमा बोलाएर सुनुवाइ गरिएको हो ।  कार्कीविरुद्ध समितिमा छवटा उजुरी परेको थियो भने उनी सम्मिलित इजलासले गरेको दुईवटा फैसला विवादास्पद रहेको भन्दै उजुरी परेको छ ।

विधिविज्ञान प्रयोगशालाले डीएनए परीक्षणबाट नातासम्बन्ध कायम रहेको जनाए पनि कार्की सम्मिलित इजलासले डीएनए परीक्षणलाई प्रमाणका रूपमा लिन अस्वीकार गरी विवादास्पद फैसला गरेको अर्को उजुरी परेको थियो ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको मिलेमतोमा न्याय परिषद्ले गरेको सर्वोच्च अदालतका न्यायाधीश सिफारिसविरुद्ध परेको रिट निवेदन एउटै न्यायाधीशको इजलासमा तोकेको र त्यसले न्यायालयको गरिमामा आँच आएको आरोप लगाउँदै कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन नगर्न एक उजुरीमा माग गरिएको थियो ।

प्रकाशित मिति: Jul 10, 2016

प्रतिक्रिया दिनुहोस्