Logo
७ बैशाख २०८१, शुक्रबार
(July 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यात्रुको बिमाङक ५ लाख रुपैयाँ कायम हुने गरि नयाँ निर्देशिका

News

काठमाडौं । बिमा समितिले सवारी साधनमा यात्रा गरिरहेका यात्रुको बिमाङक ५ लाख रुपैयाँ कायम हुने गरि निर्देशिका परिमार्जन गरि यस्तो व्यवस्था गरेको छ । परिमार्जित निर्देशिका साउन १ गतेदेखि लागु हुने समितिका निर्देशक श्रीमान कार्कीले जानकारी दिए । सार्वजनिक सवारी साधनमा यात्रा गरिरहेका यात्रुको मृत्यु भएमा ५ लाख रुपैयाँ दिने नयाँ ब्यवस्था लागु हुने भएको छ ।

बिमाङ्कको सीमा भित्र रहि किरिया खर्च बापत तेस्रो पक्ष, यात्रु, चालक, परिचालक, हेल्परको मृत्यु भएमा प्रतिब्यक्ति तत्काल ५० हजार रुपैयाँ किरिया खर्च दिनुपर्ने व्यवस्था गरिएको छ । समितिले शुक्रबार परिमार्जित मोटर बिमा दर निर्देशिका जारी गरि यस्तो व्यवस्था गरेको हो ।

तेस्रो पक्ष, यात्रु, चालक, परिचालक, चेकर, हेल्पर तथा अन्य कर्मचारीको सवारी दुर्घटनाबाट भएको चोटपटकमा औषधी उपचारको अधिकतम बिमाङ्क सीमा ३ लाख, औषधी उपचार बिमाङ्कको सीमा भित्र कुरुवा खर्च प्रतिदिन ५ सय रुपैयाँका दरले ४५ दिनसम्म दिनुपर्ने व्यवस्था गरिएको छ ।

तेस्रो पक्षको दुर्घटनाबाट मृत्यु भएमा बिमाङ्क ५ लाख र औषधी उपचार गर्नुपरेमा ३ लाख रुपैयाँको सीमा भित्रको वास्तविक औषधोपचार खर्च कायम गर्ने निर्देशिकामा उल्लेख छ । ट्रयाक्टर तथा पावर ट्रिलरमा एक चालक तथा एक हेल्पर कर्मचारीको अनिवार्य व्यवस्था गरिएको छ ।

यस्तै अंगभंग तथा औषधी उपचार दुवैको अवस्था सिर्जना भए सीमा भित्र छुट्टाछुटै रही दावी कायम हुने ब्यवस्था समेत गरिएको छ । चोटपटक लागेर अंगभंग भई अस्पताल पु¥याउनुपर्ने अवस्था सिर्जना भएमा एम्बुलेन्स खर्च १० हजार रुपैयाँ व्यवस्था गरिएको छ ।

समितिले मोटरसाइकलको हकमा एक चालक र एक यात्रुको मात्र प्रतिव्यक्ति ५ लाख रुपैयाँको दुर्घटना बिमा हुने ब्यवस्था कायम गरेको छ । साथै अपाङ्गमैत्री मोटरसाइकल वर्गका सवारी साधनको बिमा गर्दा कुल बिमाशुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ ।

औषधोपचारको सम्बन्धमा चालक र सो मा सवार एक ब्यक्तिको जनही अधिकतम ३ लाख रुपैयाँ कायम गर्ने, सो वापत बिमाशुल्क हालको ब्यवस्था बमोजिम लिई आएको तेश्रो पक्ष प्रतिको दायित्वको बिमाशुल्कमा प्रति मोटरसाइकल ५ सय थप गरी तेश्रो पक्ष प्रतिको दायित्व तथा चालक र सोमा सवार ब्यक्तिको दुर्घटना बिमाको बिमाशुल्क दर एकमुष्ट कायम गरी अनिवार्य ब्यवस्था गरिएको छ ।

प्रकाशित मिति: Jul 8, 2016

प्रतिक्रिया दिनुहोस्