Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेसका महामन्त्री डा. कोइरालालाई  भेन्टिलेटरबाट निकालियो

shashank-3-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालालाई भेन्टिलेटरबाट निकालिएको छ । उनी अहिले खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

अस्पतालका अनुसार महामन्त्री कोइराला अहिले पूर्ण रुपमा होसमा आइसकेको र उनले कुराकानी पनि गर्न थालेका छन् । मंगलबार राती महाराजगञ्जस्थित निवासमै रहेको बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले ओम अस्पताल लगेको थियो भने बुधबार बिहान अवस्था नाजुक बनेपछि भेन्टिलेटरमा सारिएको थियो ।

प्रकाशित मिति: Jul 7, 2016

प्रतिक्रिया दिनुहोस्