Logo
१३ बैशाख २०८१, बिहीबार
(July 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार, “चेतना स्तरमा समेत वृद्धि”

Dr-Shashank-Koirala

काठमाडौँ  । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा प्रयाप्त सुधारका संकेत देखिएका छन् । चावहिलस्थित ओम अस्पतालमा मंगलबार रातीदेखि उपचाररार्थ डा. कोइरालाको स्वास्थ्यमा सुधार आएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

पेट दुःखाइ, खोकी र स्वासप्रश्वासमा असहज भएपछि अस्पताल भर्ना भएका कोइरालाले मंगलबार राती सुतिरहेका बेला अचानक वान्ता गर्दा सर्किदा तरल पदार्थ फोक्सोमा पुग्दा उनको स्वास्थ्य अवस्था जटि बनेको थियो ।

डा. कोइरालाको रक्तचापमा सुधार आउनुका साथै चेतना स्तरमा समेत वृद्धि भएको छ । सुधारका संकेत देखिएसँगै चिकित्सकले औषधिको मात्रा घटाउदै लगेका छन् । कोइरालाको स्वासप्रश्वास सहजता आउन थालेको छ भने मिर्गौलाको काम समेत बढेको छ ।

फोक्सोले केही काम गर्न थालेपछि भेन्टिलेटरको भोलुम कम गरेको उपचारको नेतृत्व गरेका अस्पतालका मुटुरोग विशेषज्ञ डा. लभ नरसिंह जोशीले  बताए ।  बिहीबार अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार कोइरालाले सांकेतिक भाषा समेत बुझ्न थालेका छन् । भने उनले आफन्तलाई चिन्न समेत थालेका छन् ।

चिकित्सकले उनको स्वास्थ्य अवस्थालाई मल्टिअर्गान डिस्फङसनका रुपमा लिएका छन् । कोइरालाको स्वास्थ्यमा सुधारका संकेत देखिए पनि अझै उनको स्वास्थ्य अवस्था खतरामुक्त भने नरहेको चिकित्सकले बताएका छन् ।

 

प्रकाशित मिति: Jul 7, 2016

प्रतिक्रिया दिनुहोस्