Logo
११ बैशाख २०८१, मंगलबार
(July 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराजा ज्ञानेन्द्र शाहको ७० औँ जन्मदिन, उपप्रधानमन्त्री थापा बिहानै निर्मल निवासमा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको ७० औँ जन्मदिन बिहीबार परेको छ। जन्मदिनको अवसरमा निर्मल निवास महाराजगञ्जमा ज्ञानेन्द्रका शुभेच्छुकको घुइँचो लागेको छ।

शुभेच्छुकलाई बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म शुभकामना दिने समय छुट्याइएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा बिहीबार बिहानै निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रत्येक वर्ष शुभ जन्मोत्सव मुल समारोह समिति नै गठन गरेर जन्मदिन मनाउदै आएका छन्। गणतन्त्र नेपालको सरकारका उपप्रधानमन्त्री समेत रहेका कमल थापाले पूर्वराजा ज्ञानेन्द्रलाई ट्वीटरमार्फत समेत जन्मदिनको शुभकामना दिएका छन्।

थापाले ट्वीटरमा भनेका छन्, ‘पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहको शुभजन्मोत्सवको अवसरमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना।’
पुर्व राजा ज्ञानेन्द्र बिर बिक्रम शाहको शुभजन्मोत्सबको अवसरमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना  । फाइल, तस्विर

Gayanendra News

प्रकाशित मिति: Jul 7, 2016

प्रतिक्रिया दिनुहोस्