Logo
४ बैशाख २०८१, मंगलबार
(July 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हर्षोल्लासका साथ ईद मनाइँदै, आज सार्वजनिक बिदा

ID News

काठमाडौं । मुस्लिम समुदायले बुधबार साँझको चन्द्रमा हेरि बिहिबार आफ्नो परम्परा अनुसार हर्षोल्लासका साथ पवित्र पर्व ईद उल फित्र मनाउँदै छन् । बुधबार सरकारी बिदा तोकिएता पनि बिहिबार ईद पर्व परेको हुनाले आज सरकारले सार्वजनिक बिदा दिएको हो । हिजो बेलुकिको चन्द्रमा हेरि एक महिने व्रत सकिएको छ ।

यो पर्वमा र्इस्लाम धर्मावलम्बीहरूले आजको दिन बिहान नुहाईधुवाई गरी आ–आफ्ना गच्छ अनुसार नयाँ नयाँ कपडा लगाइ मस्जिद वा इदगाहमा भेला भई ईदको नमाज९प्रार्थना० पढ्छन् । मस्जिदमा एक–आपससँग गला मिलाई र्इदको शुभकामना आदान प्रदान गर्छन् । नमाज अघि हरेक मुस्लिमले आ–आफ्ना तर्फबाट धर्मगुरु या मस्जिद कमिटीले तोकेको रकम (सद–ए–फित्र) बुझाउँछन् । उक्त रकम गरीब, असहाय र अनाथलाई दिइने परम्परा रहेको छ ।

नमाजपछि आफन्त, इस्टमित्र, छिमेकी र साथीभाइलाई बोलाएर सेवाई तथा मिठा मिठा पकवान बनाएर खाने र खुवाउने गरिन्छ । ठूलाबडाले आफू भन्दा स–सानालाई नगद वा उपहार स्वरुप ईदि तथा आशिर्वाद दिने गरेका छन् । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइँदैछन् ।

खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन आज बेलुकी चन्द्रमा देखिएपछि भोलि इद उल फित्र मनाउन लागिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए ।

विशेष नमाज पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशीर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिइन्छ । यो आशीर्वाद लिने क्रम बिहीबारदेखि तीन दिनसम्म चल्छ । पाहुनालाई सेवइ र लछा (घ्यूमा भुटेर बनाइएको सेवइ) खुवाइन्छ । यस पर्वका उपलक्ष्यमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

इद–उल–फित्रको शुभकामना
यसैबीच, मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद–उल–फित्रको अवसरमा रासष्ट्रपति, प्रधानमन्त्री, लगायत बिभिन्न मधेशवादी दलहरुले शुभकामना दिएका छन् ।

तराई–मधेश लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक), सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी लगायतले प्रेस विज्ञप्ति जारी गरी इद–उल–फित्रको अवसरमा शुभकामना व्यक्त गरेका छन् । मधेशवादी दलहरुले सबै मुस्लिम धर्मावलम्बीहरुमा शान्ति, सुख, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै शुभकामना वक्तव्य जारी गरेका छन् ।

ID3

प्रकाशित मिति: Jul 7, 2016

प्रतिक्रिया दिनुहोस्