Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण फूटबल खेल्ने

SPort Newsकाठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम असार ३१ र साउन २ गते बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण म्याच खेल्ने भएको छ ।

दुबै म्याच बंगलादेशमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। खेल हुने रंगशाला भने तय भइसकेको छैन ।

यो नेपालका लागि वर्षको तेस्रो मैत्रीपूर्ण खेल हुने छ। यसै वर्ष नेपालले मलेसियाको यु २२ टिम र लाओसको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेलको छ।

दुबै खेल १/१ को बराबरीमा सकिएका थिए । आगामी नोभेम्बरमा हुने एएफसी सोलिराडिटी कपका लागि राष्ट्रिय टोलीले अहिले प्रशिक्षण गरिरहेको एन्फाले जनाएको छ।

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्