Logo
८ बैशाख २०८१, शनिबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूँजी बजारमा १ अर्व २९ करोडको कारोवार, नेप्से दुबै घट्यो

Aarthik News

काठमाडौं । मंगलवार नेप्से परिसुचक ३ दशमलव ८० अंकले ओरालो लागेको छ । मंगलवार सेयर बजार १ हजार ७ सय १३ अंकमा झरेर बन्द भएको हो । कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ ।

मंगलवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ७५ दशमलव ५१ अंकले घटेको छ । त्यस्तै विकास बैंक १६ दशमलव ६४,फाइनान्स ६ दशमलव ८५,होटल ३ दशमलव ८३ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुह ० दशमलव २२ अंकले ओरालो लागेको छ ।

यता उत्पादन, अन्य र जलविद्युत समुह भने क्रमश २३ दशमलव १२,५ दशमलव ८७ र ५ दशमलव १ अंकले उकालो लागेको छ । मंगलवार १ सय ३९ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १९ लाख कित्ता सेयरबाट १ अर्व २९ करोडको कारोवार भएको छ ।

बीमा समूह र माइक्रोफाइनान्स सुचिकृत विकास बैंक समूहले बजार थेग्दै आएका थिए । बुधबार यी दुबै समूहको सूचक ओर्लियो । बजारलाई आर्थिक वर्षको समाप्ति पनि लागेको अनुमान गरिएको छ ।

यसै बिच आज एभेरेष्ट बैंकको मात्र पाँच करोडको कारोबार भएको समाचार प्राप्त भएको छ । आर्थिक वर्ष सकिन लागेको कारण लगानीकर्तालाई सावाँ व्याज भुक्तानीको दवाव पर्ने भएकोले बजारमा सेयर किन्ने भन्दा बेच्ने बढी हुन्छन् ।

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्