Logo
६ बैशाख २०८१, बिहीबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोरखाको केरौंजामा पहिरो, ६ जना बेपत्ता

Muglin NVM News

गोरखा । उत्तरी गोरखाको केरौंडा गाविस–३ छलिम्पुमा मंगलबार पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । गाउँमा गोरेटो बाटो खन्ने क्रममा माटोको ढिस्को खसेर केरौँजा–३ का सन्देश घले, चिनमाया गुरुङ, कान्छीमाया गुरुङ, सुकराम घले र नाम खुल्न नसकेका अरु दुई जना पुरिएका हुन् ।

सदरमुकामबाट २० कोस टाढा रहेको घटनास्थल पुग्न सडक सुविधा छैन । “काठमाडौँबाट हेलिकप्टर मगाएका छौँ, अनि मात्रै त्यहाँको अवस्थाबारे थाहा हुन्छ,” प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने ।

पहिरोमा पुरिएकाहरुको खोजी कार्यमा स्थानीयवासी र प्रहरी जुटेका छन् । घटनास्थल वरपर लगातार पहिरो गइरहेकाले उद्धारमा कठिनाइ भइरहेको बताइएको छ ।

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्