Logo
८ बैशाख २०८१, शनिबार
(July 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सवारी दुर्घटनामा एक भारतीयको मृत्यु

accident NVMरौतहट । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका ६ मा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

बिहान तीन बजे काठ बोकेको टाटा पिकअप भ्यान तिब्र गतिमा भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सिरहाबाट काठामाडौं जाँदै गरेको ना २ च ९९६५ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा भारतीय नागरिक धनन्जय साहको मृत्यु भएको हो ।

दुर्घटनामा परी चालक हेटौंडा नगरपालिकाका सुजन लामा र गाडीमा सवार बालचन्द्र घाइते भएका छन् । घाइतेहरुको हेटौडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको डीएसपी मनोज यादवले जानकारी दिए ।

प्रकाशित मिति: Jul 3, 2016

प्रतिक्रिया दिनुहोस्