Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा, इटली पराजित

NVM Germany

काठमाडौं । अतिरिक्त समयमा खेल १–१ गोलको बराबरीमा टुंगिएपछि इटलीलाई पेनाल्टी सुटआउटमा ५-६ ले पराजित गर्दै जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सको बोर्डोमा आज बिहान भएको खेलमा विश्व च्याम्पियन जर्मनीले इटलीलाई हराएको यो पहिलो पटक हो ।

यसअघि टाइब्रेकरमा जर्मनीका थोमस मुलर, ओजिल र स्वाइन्सगाइटर चुके । तर, इटलीका पनि जाजा, पेले र बोनुचीले गोल गर्न सकेनन् र २-२ भयो । सडन डेथ लगातार तीन पेनाल्टीमा दुबै टोलीले गोल गरे ।

इटलीका गिआचेरिनी, पारोला र डि सिलिओले गोल गरे भने जर्मनीका हृयामल्स, किमिच र बोटेङले गोल गरेका थिए । नवौं प्रहारमा इटलीका डर्मिअन चुके । उनको प्रहार जर्मन गोलकिपर नुयुरले रोके । लगतै जोनस हेक्टरले गोल गर्दै विश्व विजेता जर्मनीलाई युरोपियन च्याम्पियनसिपको अन्तिम चारमा पुर्याए ।

इटालीलाई केही दबाबमा राखेको जर्मनीका लागि ६५ औं मिनेटमा ओजिलको गोलबाट अग्रता लिएको थियो । तर, ७८ औं मिनेटमा इटलीले पेनाल्टीमार्फत गोल गरेर खेल बराबरीमा फर्कायो । जर्मन डिफेण्डर जेरोमी बोटेङले डिएरियामा हृयाण्ड गर्दा उसले पेनाल्टी पाएको थियो, जसमा बोनुचीले गाले गरेका थिए ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकियो । थपिएको ३० मिनेटको खेलमा पनि दुबै टोलीबाट गोल हुन सकेन । र, निर्णय टाइब्रेकरबाट लिइयो । जर्मनीले आयोजक फ्रान्स र आइसल्याण्डको विजेतासँग सेमिफाइनल खेल्नेछ।#एजेनसी

प्रकाशित मिति: Jul 3, 2016

प्रतिक्रिया दिनुहोस्