Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवरुद्ध मुग्लिन-नारायणगढ सडकमा यातायात सुचारु

Muglin-narayanghat-Road--Ne_510253926_(1)_358796693चितवन । बिहिबारदेखि नै भारी वर्षापछि खसेको पहिरोले बन्द भएको बाटो मर्मतसँगै सडकमा यतायात सुचारु भएको छ । पहिरोका कारण चितवनको मुग्लिन सडक शुक्रबार दिनभर अवरुद्ध भएको थियो भने दक्षिण माडी, डोरी नारायणगढ सडक बाढीले भत्काएर अवरुद्ध भएको थियो ।

मुग्लिन सडकमा खसेको चार वटा पहिरो पन्छाएर गएरातिबाट सवारी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  यस्तै माडी, ठोरी नारायणगढ सडक भने साँझ ६ बजेतिर खुलाइएको प्रहरीले जनाएको छ । माडीमा भत्किएको सडक मर्मत गरेर गाडी चलाइएको हो ।

शुक्रबार माडीको खोलामा खतराको बिन्दु नाघेर स्थानीयलाई सतर्क हुन आह्वान गरिएको थियो । तर वर्षा घटेपछि त्राससमेत घटेको छ । यता, मुग्लिन नारायणगढ सडकखण्डअन्तरगत चितवनको चन्डिभञ्ज्याङ गाविस–५ स्थित खहरे खोला नजिक पहिरोसँगै खसेको ढुङ्गा लागेर दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।

ढुङ्गा लागेर ट्रकका चालक सुनसरीका उद्धव भुजेल र सहचालक विराटनगरका प्रकाश कोइराला घाइते रहेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: Jul 2, 2016

प्रतिक्रिया दिनुहोस्